प्रधानमन्त्रीलाई रास्वपाका चार मन्त्रीको पत्र : हाम्रो सम्पत्ति विवरण सार्वजनिक गरिदिनू « Khabarhub

प्रधानमन्त्रीलाई रास्वपाका चार मन्त्रीको पत्र : हाम्रो सम्पत्ति विवरण सार्वजनिक गरिदिनू


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा रहेका चारजना मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका छन् । 

रास्वपाबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका रवि लामिछानेसहित चारजना मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका हुन । 

उपप्रधान तथा गृह मन्त्री लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले छुट्टा छुट्टै पत्र लेखी आफ्नो सम्पत्ति विवरण नेपाली नागरिक र सञ्चारमाध्यमको जानकारीका लागि सार्वजनिक गरिदिन भनेका हुन् । 

देशमा भ्रष्ट्राचार न्यूनीकरण गर्न सदाचार र असल आचरण महत्त्वपूर्ण हुने बताउँदै उनीहरूले त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाए पनि त्यहाँबाट सार्वजनिक नगरिएको जनाएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपाबाट मन्त्री बनेका कसैको पनि सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरेको छैन । 

यो पनि-

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

शनिबारसम्म ११ मन्त्रीले आफ्नो सम्पत्ति विवरण पेश गरेका थिएनन् । तर, सोमबार प्रधानमन्त्री कार्यालयले आफ्नो वेबसाइट सच्याएको छ ।

रास्पवाका सुमना श्रेष्ठसहित सबै मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् । र, उक्त विवरण सार्वजनिक गरिदिन उनीहरुले प्रधानमन्त्रीसँग मागसमेत गरेका छन् ।

अब सम्पत्ति विवरण नबुझाउने सूचीमा रहेका मन्त्रीहरु उपेन्द्र यादव, हितबहादुर तामाङ, राज्यमन्त्री दीपक कार्की मात्र छन् । खबरहबमा समाचार प्रकाशित भएपछि ८ मन्त्रीले सम्पत्ति विवरण बुझाएको प्रधानमन्त्री कार्यालयले अपडेट गरेको छ ।

यस्तो छ एक उपप्रधानमन्त्री र तीन मन्त्रीको पत्र 

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ६ : ३१ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले