प्रधानमन्त्रीलाई रास्वपाका चार मन्त्रीको पत्र : हाम्रो सम्पत्ति विवरण सार्वजनिक गरिदिनू « Khabarhub

प्रधानमन्त्रीलाई रास्वपाका चार मन्त्रीको पत्र : हाम्रो सम्पत्ति विवरण सार्वजनिक गरिदिनू


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा रहेका चारजना मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका छन् । 

रास्वपाबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका रवि लामिछानेसहित चारजना मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका हुन । 

उपप्रधान तथा गृह मन्त्री लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले छुट्टा छुट्टै पत्र लेखी आफ्नो सम्पत्ति विवरण नेपाली नागरिक र सञ्चारमाध्यमको जानकारीका लागि सार्वजनिक गरिदिन भनेका हुन् । 

देशमा भ्रष्ट्राचार न्यूनीकरण गर्न सदाचार र असल आचरण महत्त्वपूर्ण हुने बताउँदै उनीहरूले त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाए पनि त्यहाँबाट सार्वजनिक नगरिएको जनाएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपाबाट मन्त्री बनेका कसैको पनि सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरेको छैन । 

यो पनि-

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

शनिबारसम्म ११ मन्त्रीले आफ्नो सम्पत्ति विवरण पेश गरेका थिएनन् । तर, सोमबार प्रधानमन्त्री कार्यालयले आफ्नो वेबसाइट सच्याएको छ ।

रास्पवाका सुमना श्रेष्ठसहित सबै मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् । र, उक्त विवरण सार्वजनिक गरिदिन उनीहरुले प्रधानमन्त्रीसँग मागसमेत गरेका छन् ।

अब सम्पत्ति विवरण नबुझाउने सूचीमा रहेका मन्त्रीहरु उपेन्द्र यादव, हितबहादुर तामाङ, राज्यमन्त्री दीपक कार्की मात्र छन् । खबरहबमा समाचार प्रकाशित भएपछि ८ मन्त्रीले सम्पत्ति विवरण बुझाएको प्रधानमन्त्री कार्यालयले अपडेट गरेको छ ।

यस्तो छ एक उपप्रधानमन्त्री र तीन मन्त्रीको पत्र 

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ६ : ३१ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट