मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा « Khabarhub

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको छ ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेलाको सम्पूर्ण तयारी पुरा भएको बताए । उनले मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरी काम गरिएको जानकारी दिए ।

मातातीर्थ मेलामा भोलि साँझ बत्ती बाल्ने र बत्ती बालेको भोलिपल्ट औँसीका दिन आमाको मुख हेर्ने तथा स्नान गर्ने परम्परा छ । त्यसैले अघिल्लो दिनदेखि सो क्षेत्रमा मेला लाग्ने गर्छ ।

सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या बढ्दै गएको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताए । उनले अनुसार उक्त कुण्डमा प्रत्येक दिन आठदेखि १० जना श्राद्ध गर्नका लागि आउँछन् ।

दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आउनेले गर्दा ठूलो मेला लाग्ने गरेको हो । उनीहरुले मातातीर्थ कुण्डमा स्नान र पूजा गर्ने गर्छन् । मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवङ्गत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ ।

काठमाडौँमा कोठा भाडामा बस्ने र नजिक घर भएका व्यक्ति आमाको श्राद्धका लागि मातातीर्थ कुण्ड आउने पुजारी अधिकारीको भनाइ छ । मातातीर्थ क्षेत्रको एकीकृत विकासका लागि फनपार्क, पिकनिक स्पट र कुण्डभन्दा आठ मिटरमाथि आमाको स्वर्गद्वारी निर्माणको काम समितिले अगाडि बढाएको छ । सोही समितिले स्वर्गद्वारी क्षेत्रमा एक सय १३ फिटको ढुङ्गाको मूर्ति निर्माण गर्न लागेको छ ।

मातातीर्थ क्षेत्रमा असार, साउन र भदौ महिनामा अत्यधिक पानी हुने र चैत, वैशाख, जेठमा पानी सुक्ने भएकाले पानी व्यवस्थापनका लागि ‘रिजर्भ’ ट्याङ्की निर्माण गर्नेबारे छलफल भइरहेको अध्यक्ष उदासको भनाइ छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ८ : ५५ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई