हावाहुरीका कारण हवाई उडान प्रभावित « Khabarhub

हावाहुरीका कारण हवाई उडान प्रभावित


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

साँझ ठुलो हावाहुरी चलेपछि काठमाडौंतर्फ आइरहेका सातवटा आन्तरिक उडान डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ । त्यस्तै काठमाडौंबाट विराटनगर र भैरहवा जाने तीनवटा उडान रद्द गरिएको छ ।

भैरहवाबाट उडेका बुद्ध एयरका दुईवटा उडान, श्री एयरलाइन्सको सुर्खेत र धनगढीबाट आइरहेका जहाज डाइभर्ट गरिएको थियो ।

हावाहुरीका कारण काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा बिजुली पनि अवरुद्ध भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

‘सोमबार राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणत बदली हुनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतस्सफा रहने छ’, महाशाखाले भनेको छ, ‘कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ ।’

महाशाखाले देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १० : ४३ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट