हट्यो टिकटक प्रतिबन्ध, क्याबिनेटको निर्णय कार्यान्वयन गर्न निर्देशन « Khabarhub

हट्यो टिकटक प्रतिबन्ध, क्याबिनेटको निर्णय कार्यान्वयन गर्न निर्देशन


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा टिकटक माथिको प्रतिबन्ध हटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले विद्युतीय सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन नेपालका सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो ।

सरकारले सामाजिक सद्‍भाव खल्बल्याएको लगायत कारण देखाउँदै २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । विश्वभर लोकप्रिय सो एप बनाएको चीनले नेपाललाई प्रतिबन्ध हटाउन तारन्तार आग्रह गरिरहेको थियो ।

प्रयोगकर्ता समेतको दबाब खेपिरहेको सरकारले अन्ततः गएको भदौ ६ गते मन्त्रिपरिषद्‌ बैठकबाट टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्‌को सो निर्णय कार्यान्वयन गर्नेगरी दूरसञ्‍चार नियामक प्राधिकरणले आज (शुक्रबार) अत्यन्त जरुरी सूचना जारी गर्दै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।

दूरसञ्‍चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी टिकटक माथिको प्रतिबन्ध हटाउन निर्देशन दिइएको प्राधिकरणको अनुगमन महाशाखाले जनाएको छ ।

मन्त्रिपरिषद्‌ले प्रयोगमा लगाएको रोक हटाउने निर्णय गर्नासाथ कतिपय इन्टरनेट सर्भिस प्रोभाइडर (आइपीएस) हरूले टिकटक चलाउन दिएका थिए । तर, नेपाल टेलिकम लगायत केही दूरसञ्‍चार कम्पनीहरूले भने प्रतिबन्ध कायमै राखेका थिए ।

सरकारले प्रतिबन्ध लगाए पनि प्रयोगकर्ताहरूले भने भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को सहायताले टिकटक चलाइरहेका थिए ।

प्राधिकरणबाट जारी सूचनाः

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ३ : १९ बजे

एक्सन फिल्मले गर्लान् त रजगज ?

काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् ।

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?

काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी

भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर– भोजपुर गोल्डकपअन्तर्गत सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

आजको मौसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल