न्यूरोडमा सडकपेटी बढाउन जरुरी छ, बालेनलाई काम गर्न दिनुपर्छ : कांग्रेस « Khabarhub

न्यूरोडमा सडकपेटी बढाउन जरुरी छ, बालेनलाई काम गर्न दिनुपर्छ : कांग्रेस


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले काठमाडौंको न्यूरोडमा सडकपेटी बढाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको काममा अवरोध नगर्न आग्रह गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउने महानगरको काममा हस्तक्षेप बन्द गर्न आग्रह गर्नुभयो ।

उनले भने, ‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरूरी थियो । बालेनले जे गरेका थिए, ठिक गरेका थिए। उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, संघले कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ ।’

उनले स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने धारणा राखे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि, त्यही तहमा रहेका पार्टीका प्रतिनिधिहरूलाई भन्दा हुन्छ नि। तिनले त्यही भने भइगो नि, मेयरसाब संयमले बोल्नुस्। जेल बसेका नेताहरूलाई सम्मान राखेर बोल्नुस्, या तपाईंको शैली बदल्नुस्, तर आफैँ सुरिनु भयो बोल्न ।’

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  १२ : २८ बजे

माधव नेपालविरुद्धको मुद्दामा सबै कागजपत्र झिकाउने आदेश

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष

पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा : एडीबी

काठमाडौं- पाकिस्तानका ८० प्रतिशत जनसङ्ख्या शुद्ध पिउने पानीको पहुँचबाट टाढा

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो

काठमाडौं– ईभी निर्माता चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु

काठमाडौं– पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको