आज २०८१ साल असार २२ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल असार २२ गते शनिबारको राशिफल


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार तदनुसार सन् २०२४ जुलाई ६ तारिख। असार शुक्ल पक्षको प्रतिपदा तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : कामको चाप बढ्नेछ। दैनिक कामले खानपानमासमेत समस्या हुनसक्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट पर्याप्त नाफा हुनेछ। साथीसँगको सम्बन्धमा समस्या हुने देखिन्छ।

वृष : हर्ष बढ्नेछ। सामान्य श्रमबाट उन्नति हुने दिन छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परोपकारका अवसर प्राप्त हुनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

मिथुन : समय अनुकुल छ। साथीले गलत बाटो छोड्न दबाब दिनेछन्। मनमा परोपकारको भावना जागृत हुनेछन्। आज बनाएको योजनाले दीर्घकालसम्म काम दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दिन रमाइलोसँग बित्नेछ।

कर्कट : मन उदास हुनेछ। अशान्ति बढ्नेछ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। लगानी र श्रमका क्षेत्रमध्य स्वास्थ्यमा फाइदा हुनेछ। खर्च बढ्ने योग छ। भएको सम्पत्ति संरक्षण गर्दै दैनिकी चलाउनु राम्रो हुनेछ।

सिंह : लामो समय रोकिएका काम बन्नेछन्। प्राविधिक शिक्षाको क्षेत्रमा भएको श्रमबाट नाफा हुनेछ। वैदेशिक क्षेत्रको आकर्षण बढ्नेछ। राजनीतिक क्षेत्रमा तनाव बढ्नेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : भौतिक सम्पत्ति जुटाउने दिन छ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बौद्धिक क्षेत्रका साथीले दिएको सुझाव मान्नु उपयुक्त हुन्छ। आफन्तसँग सत्य कुरा नगर्दा मन भारी हुनेछ।

तुला : काममा ढिलासुस्ती हुनसक्छ। थोरै बोल्नु राम्रो हुनेछ। शिक्षाको लगानीबाट मन खुशी हुनेछ। परिवारको रचनात्मक सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : बौद्धिक व्यक्तिसँगको भेटले दैनिकी सहज बन्नेछ। नकारात्मक कुराले मन दुःखी हुनेछ। लगानीको क्षेत्र सबल बन्नेछ। परिवारसँग दिन रमाइलोसँग बित्नेछ।

धनु : आज दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक र बौद्धिक गुरुको सुझाव लिने अवसर मिल्नेछ। आमाबाट आर्शिवाद लिनु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नाले दिन रमाइलो बन्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। शेयर कारोबारबाट राम्रो आम्दानी हुने दिन छ। परिवारबाट लिएको सल्लाहले दैनिकी सहज बन्नेछ।

कुम्भ : घरभित्रको विवादले सताउने छ। लगानीका क्षेत्रमासमेत विवाद हुनेछ। आज गरेको लगानी श्रममध्ये वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ। परिवारको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

मीन : मन अशान्त हुनेछ। व्यवहारमा झन्झट आइपर्ने देखिन्छ। गुरुको सुझावले नयाँ योजना बन्नेछ। शिक्षाको लगानीबाट नाफा हुनेछ। बल भन्दा बुद्धिले काम बन्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : १६ बजे

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका