असारे झरी र किसानको चटारो (फोटो फिचर) « Khabarhub

असारे झरी र किसानको चटारो (फोटो फिचर)


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङको फुङलिङ नगरपालिका– ३ केनिमस्थित रोपाइँ गर्दै किसान । तस्बिरः सन्तोष पुर्कुटी

काठमाडौं – यतिबेला किसान रोपाइँको चटारोमा छन्। लगातार पानी परेपछि किसान धान रोपाइँमा व्यस्त भएका हुन्। लगातारको वर्षाले कतिपय स्थानमा भने बाढीकोसमेत जोखिम भइरहेको छ। कतिपय राजमार्ग बाढीकै कारण अवरुद्ध भएका छन्। सडकमार्ग र केही बस्तीमा पहिरोले ठुलो क्षति पुर्याएको छ। लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गर्दै आएको छ। मौसम, असारे रोपाइँ र झरीको प्रभावलाई समेटेर तयार पारिएको फोटो फिचर :

चितवनको भरतपुर महानगरपालिका- ६ स्थित एक्काइसौँ धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा रोपाइँका लागिका खेत सम्याउन गोरुहल हिल्याउँदै एक किसान। तस्बिरः प्रदीपराज वन्त

ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने हर्कपुर र घुर्मी क्षेत्रबाट देखिएको सुनकोशी नदीको दृश्य। तस्बिरः पूर्णप्रसाद न्यौपाने

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोराही बजारसँग जोडीएको नजिकैको गाउँ मसिनामा गरिएको व्यवसायिक तरकारी खेती । मसिनामा बाह्रै महिना सिँचाइको सुबिधा भएको तथा बजार नजिक भएकोले यहाँका प्राय किसानले तरकारी खेती गर्ने गरेका छन् । तस्बिर : कुलदीप न्यौपाने

जुम्लाको कनकासुन्दरी गाउँपालिका– ८ मा बारीबाट ठट्टाउनका लागि ठारोमा भण्डारण गरेर राखिएको जौँ। उच्च पहाडी भागमा फल्ने अन्न बाली जौ पौष्टिक खाद्यपदार्थ साथै स्वास्थ्यका दृष्टिले पनि अतिउपयोगी मानिन्छ। तस्बिरः सुरेश आचार्य

म्याग्दीको मङ्गला गाउँपालिका–२ स्थित रणवाङको फाँट। बेनी-दरबाङ सडक खण्डसँगै जोडिएको यो फाँट ‘अर्गानिक’ खेतीका लागि प्रसिद्ध छ। तस्बिर : ध्रुवसागर शर्मा

भेरी करिडोर सडक आयोजनाअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ छलगाडस्थित भेरी नदी र छलगाड खोलाको दोभान किनारमा वर्षापछि आएको बाढीका कारण फसेको रात्रीकालीन यात्रुवाहक बस। उक्त बस डोल्पाको सदरमुकाम दुनैबाट नेपालगन्जको लागि आज साँझ छुटेको थियो। तस्बिरः हेमन्त केसी

मनाङको चामे गाउँपालिका–१ तिमाङस्थित तिमाङ खोलामा बाढीले बगाएको काठेपुल। मनाङको एक मात्र स्थलमार्गको रुपमा रहेको डुम्रे-बेसीसहर-चामे सडक अन्तर्गत दानाक्यु, तिमाङ खण्ड पूर्ण रुपमा अवरुद्ध छ। तस्बिरः नवीन लामिछाने

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-११ स्थित पर्यटकीयस्थल बल्थलीमा भर्खरै रोपाइँ सकिएको फाँट र सुन्तला बगैँचा। तस्बिरः राजकुमार पराजुली

बागलुङ नगरपालिका–४ कुडुँले फाँटमा ट्याक्टरको सहायताले धान रोप्नका लागि खेत जोत्दै। किसानलाई पछिल्लो समय कृषिमा आधुनिकरण भित्रिएपछि खेत जोत्न, रोप्न, बाली भित्र्याउनेलगायतका कृषि कार्य गर्न सहज भएको छ। तस्बिरः खेमराज गौतम/ रासस

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ८ : ३६ बजे

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता