देशका तीन नदीमा जलसतह खतराको तहमाथि, बागमती र कोशी अझ बढ्दै | Khabarhub Khabarhub

देशका तीन नदीमा जलसतह खतराको तहमाथि, बागमती र कोशी अझ बढ्दै


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार दिउँसो ३ बजेसम्म नेपालका तीन नदीको जल सतहले खतराको तह नाघेको छ ।

रूपन्देहीको कोइली, काठमाडौं उपत्यका स्रोत भएको बागमती र कोशी नदीले खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको हो ।

विभागका अनुसार कोइली नदीमा खतराको तह ५ मिटर पार भइ जल सतह ५.२८ मिटर पुगेको छ । सो नदीको जलाधार क्षेत्रमा वर्षा कम भएकाले अहिले जल सतह घट्दो क्रममा छ ।

तर खतराको तह पार गरिसकेका कोशी र बागमतीमा जल सतहको उचाइ अझै बढ्दैछ । बागमतीको खतरा तह ४ मिटर हो । खोकना क्षेत्रमा बागमती नदीको जल सतह अहिले ४.६४ मिटरसम्म अग्लिएको छ ।

यस्तै, खतरा तह ५.५ मिटर रहेको कोशी नदीको सिन्धुपाल्चोक खण्डमा जल सतह ५.७७ मिटरसम्म पुगेको छ । मेलम्ची नदीमा चलिरहेको भीषण बाढी लगायतले मुख्य नदी कोशीकै जल सतह बढाइदिएको हो ।

विभागका अनुसार हाल अन्य ६ नदीमा पनि जल सतहले सतर्कता तह पार गरिसकेको छ । ती नदीको सतह खतराकै तहमा नपुगे पनि पानीको मात्रा स्थिर र बढ्दो क्रममा छ ।

नारायणी नदीको जल सतहले ५ र बागमतीको सहायक खोला हनुमन्तेले जगातीमा सतर्कता तह पार गरेको हो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ३ : २६ बजे

त्रिशूलीमा बेपत्ताको खोजीका लागि १२ भारतीय टोली घटनास्थलमा

भैरहवा– गत शुक्रवार चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बस

सिराहा भन्सारको राजस्व संकलनमा कमी

गोलबजार– जिल्लाको सिराहा नगरपालिका–१७ माडर खैरटोकास्थित भन्सार कार्यालयको राजस्व असुलीमा

स्रोतमै फोहर वर्गीकरण गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं– काठमाडौँ महानगरपालिकाले स्रोतमै फोहरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैलाई

राप्रपाले किन दिँदैन ओलीलाई विश्वासको मत ?

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई

रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान

एजेन्सी– रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिसको प्रस्थान गरेका