देशका तीन नदीमा जलसतह खतराको तहमाथि, बागमती र कोशी अझ बढ्दै « Khabarhub

देशका तीन नदीमा जलसतह खतराको तहमाथि, बागमती र कोशी अझ बढ्दै


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार दिउँसो ३ बजेसम्म नेपालका तीन नदीको जल सतहले खतराको तह नाघेको छ ।

रूपन्देहीको कोइली, काठमाडौं उपत्यका स्रोत भएको बागमती र कोशी नदीले खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको हो ।

विभागका अनुसार कोइली नदीमा खतराको तह ५ मिटर पार भइ जल सतह ५.२८ मिटर पुगेको छ । सो नदीको जलाधार क्षेत्रमा वर्षा कम भएकाले अहिले जल सतह घट्दो क्रममा छ ।

तर खतराको तह पार गरिसकेका कोशी र बागमतीमा जल सतहको उचाइ अझै बढ्दैछ । बागमतीको खतरा तह ४ मिटर हो । खोकना क्षेत्रमा बागमती नदीको जल सतह अहिले ४.६४ मिटरसम्म अग्लिएको छ ।

यस्तै, खतरा तह ५.५ मिटर रहेको कोशी नदीको सिन्धुपाल्चोक खण्डमा जल सतह ५.७७ मिटरसम्म पुगेको छ । मेलम्ची नदीमा चलिरहेको भीषण बाढी लगायतले मुख्य नदी कोशीकै जल सतह बढाइदिएको हो ।

विभागका अनुसार हाल अन्य ६ नदीमा पनि जल सतहले सतर्कता तह पार गरिसकेको छ । ती नदीको सतह खतराकै तहमा नपुगे पनि पानीको मात्रा स्थिर र बढ्दो क्रममा छ ।

नारायणी नदीको जल सतहले ५ र बागमतीको सहायक खोला हनुमन्तेले जगातीमा सतर्कता तह पार गरेको हो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ३ : २६ बजे

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको