देशका तीन नदीमा जलसतह खतराको तहमाथि, बागमती र कोशी अझ बढ्दै | Khabarhub Khabarhub

देशका तीन नदीमा जलसतह खतराको तहमाथि, बागमती र कोशी अझ बढ्दै


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार दिउँसो ३ बजेसम्म नेपालका तीन नदीको जल सतहले खतराको तह नाघेको छ ।

रूपन्देहीको कोइली, काठमाडौं उपत्यका स्रोत भएको बागमती र कोशी नदीले खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको हो ।

विभागका अनुसार कोइली नदीमा खतराको तह ५ मिटर पार भइ जल सतह ५.२८ मिटर पुगेको छ । सो नदीको जलाधार क्षेत्रमा वर्षा कम भएकाले अहिले जल सतह घट्दो क्रममा छ ।

तर खतराको तह पार गरिसकेका कोशी र बागमतीमा जल सतहको उचाइ अझै बढ्दैछ । बागमतीको खतरा तह ४ मिटर हो । खोकना क्षेत्रमा बागमती नदीको जल सतह अहिले ४.६४ मिटरसम्म अग्लिएको छ ।

यस्तै, खतरा तह ५.५ मिटर रहेको कोशी नदीको सिन्धुपाल्चोक खण्डमा जल सतह ५.७७ मिटरसम्म पुगेको छ । मेलम्ची नदीमा चलिरहेको भीषण बाढी लगायतले मुख्य नदी कोशीकै जल सतह बढाइदिएको हो ।

विभागका अनुसार हाल अन्य ६ नदीमा पनि जल सतहले सतर्कता तह पार गरिसकेको छ । ती नदीको सतह खतराकै तहमा नपुगे पनि पानीको मात्रा स्थिर र बढ्दो क्रममा छ ।

नारायणी नदीको जल सतहले ५ र बागमतीको सहायक खोला हनुमन्तेले जगातीमा सतर्कता तह पार गरेको हो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ३ : २६ बजे

जेन-जी आन्दोलनमा तोडफोड भएको होटल ह्यात अनिश्चितकालका लागि बन्द

काठमाडौं – राजधानीको पाँचतारे होटल ह्यात रेजेन्सी अस्थायी रूपमा बन्द

ओली, लेखक, बालेन र सुदनविरुद्धको जाहेरी तामेलीमा

काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनाविरुद्ध परेको जाहेरी तामेलीमा

एकीकृत समाजवादी र माओवादीबीच एकता टुङ्गिएको छैन : दामोदर अर्याल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा केन्द्रीय प्रचार

खर्च कटौतीका लागि मन्त्रालयको संख्या घटाउँदैछौँ: मुख्यमन्त्री बानियाँ

काठमाडौँ- बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खर्च कटौतीका लागि

मोटरसाइकल दुर्घटनामा कृषि परियोजना एकाइ पोखराका प्रमुख लम्सालको मृत्यु

स्याङ्जा – आज पुतलीबजार नगरपालिका–१४ आमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा सोही