पृथ्वी राजमार्गको कल्भर्ड बाढीले बगायो, यातायात ठप्प | Khabarhub Khabarhub

पृथ्वी राजमार्गको कल्भर्ड बाढीले बगायो, यातायात ठप्प


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । 

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कल्भर्ड बगाउँदा राजमार्ग भएर गुड्ने सयौँ सवारीसाधान ठप्प भएका छन् । 

सूचनाको जानकारी पाएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए।

उनले भने, ‘कल्भर्ड बगाएपछि राजमार्गमा सवारिसाधन सञ्चालन गर्न समय लाग्ने देखिएको छ ।’

म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा आज पहिरो खस्दा सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो खसिरहेकाले पानी नरोकिएसम्म पहिरो पन्छाउन कठिनाइ देखिएको उपरीक्षक रायले जानकारी दिए। उनले भने, ‘सडक माथिबाट निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भइरहेको छ । पानी पर्न रोकिएपछि पहिरो पन्छाउने छौँ ।’

पृथ्वी राजमार्गको अन्य क्षेत्रमा पहिरो खस्दा अवरोध भएका सडक पहिरो पन्छाएर सञ्चालन गरिएको प्रहरीले जनाएको छ । शुक्रबार रातिदेखि अविरल वर्षा भइरहेकाले राजमार्ग हुँदै यात्रा गर्ने सवारीचालक र सर्वसाधारणलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ३ : ५२ बजे

भारतीय विदेशमन्त्री जयशंकरले दिए आरजुलाई बधाई

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा

पूर्वाधार निर्माणलाई तीव्र गतिमा अगाडि बढाउनेछु : मन्त्री दाहाल

काठमाडौं– नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधार

सिमताल घटनाको अध्ययन गर्न समिति गठन हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं– नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमतालमा भएको वस दुर्घटनाको

ओलीलाई शुभकामना दिँदै रविले भने- सुशासनमा सहकार्य गर्न तयार छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनियुक्त प्रधानमन्त्री

इमरान खानको राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने तयारी !

इस्लामावाद– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने पहल