रास्वपाले बोलायो संसदीय दलको बैठक « Khabarhub

रास्वपाले बोलायो संसदीय दलको बैठक


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान साढे नौ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गरिने पार्टी प्रमुख सचेतक सन्तोष परियारले बताए ।

 यतिबेला रास्वपा पनि प्रचण्ड नेतृत्व सरकारका सहभागी छ । पछिल्लो समय कांग्रेस-एमालेबीच गठबन्धन भएपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

२८ असारमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् ।

 यसअघि एमालेले समर्थन फिर्ता लिएपछि रास्वपाका मन्त्रीहरू राजीनामापत्र बोकेर बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले आग्रह गरेपछि उनीहरूले राजीनामा बुझाएका थिएनन् । 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : १७ बजे

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको