सहकारी ठगलाई जोगाउन राज्यका संयन्त्रहरू परिचालन गरिए : रमेश लेखक | Khabarhub Khabarhub

सहकारी ठगलाई जोगाउन राज्यका संयन्त्रहरू परिचालन गरिए : रमेश लेखक


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी गर्नेलाई जोगाउनका लागि राज्यका संयन्त्रहरू परिचालन गरिएको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लेखकले सहकारीको ठगीमा केही मान्छेहरू संलग्न हुँदा उनीहरूलाई जोगाउन प्रहरी प्रशासन, महान्यायाधिवक्ता, मन्त्री, मन्त्रालय परिचालन भएको देखिएको बताएका हुन् । 

सहकारी ठगी गर्नेलाई जोगाउने ध्यानमा सहकारी पीडितहरूको समस्या समाधान हुन नसकेको उनको भनाइ छ । लेखकले राजनीतिक स्थिरताका लागि ठूला दल मिलेर सरकार बनाउने नयाँ प्रयोग गरिएको र यसले पटक पटक सरकार फेरबदल हुने अवस्था अन्त्य हुने दावी गरे । उनले लोकतान्त्रिक गणतन्त्र र समावेशीको मुद्दालाई थप सुदृढ गर्न अग्रगमनका लागि संविधानको समसामयिक संशोधन हुनुपर्ने धारणा राखे ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारीमा ठूलो रकम हिनामिना गर्नेलाई गृहमन्त्री बनाउनु उचित नभएको जिकिर गरे । नेपालमा राजनीति गर्ने भनेको शक्ति राष्ट्रहरूको एजेण्डा बोक्ने र भ्रष्टाचारको नेतृत्व गर्ने प्रवृत्तिले देशको विकास हुन नसक्ने उनले बताए ।

उनले नेपालीहरूलाई बाहिर लखेट्ने र छिमेकी राष्ट्रका नागरिकलाई नागरिकता दिने कामले देश निकै अप्ठेरोमा परेको धारणा राखे । 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ६ : ०४ बजे

गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’

बागलुङ – बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक ‘स्टेट

‘कोरा भक्तपुर साइकलिङ च्यालेञ्ज’ सम्पन्न

भक्तपुर – भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उदेश्यले

आगामी निर्वाचनसम्म कांग्रेस–एमालेको गठबन्धन कायम रहन्छ : प्रदीप ज्ञवाली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक

क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँच जनाको मृत्यु

क्रोएसिया – क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली

अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा

सिरहा – सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट