पेरिस ओलम्पिक : अमेरिका २१ स्वर्णसहित शीर्ष स्थानमा, चीनसँग कडा प्रतिस्पर्धा « Khabarhub

पेरिस ओलम्पिक : अमेरिका २१ स्वर्णसहित शीर्ष स्थानमा, चीनसँग कडा प्रतिस्पर्धा


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

पेरिस – पेरिस ओलम्पिकमा अमेरिका २१ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । सुटिङमा जितेको पदकसँगै चीनसमेत २१ स्वर्ण पदकसहित तालिकाको दोस्रो स्थानमा छ । पेरिसको प्रतिस्पर्धामा गएराति केही समय शीर्ष स्थानमाा रहेको चीनलाई पछि पार्दै अमेरिका पुनः शीर्ष स्थानमा उक्लिएको हो ।

सोमबारको विशेष समाचार भनेको पोल भोल्टमा राखेको एरियन डु प्लान्टिसको विश्व कीर्तिमान नै हो । उनले ६.२५ मिटर नाघेर आफ्नै नाममा भएको कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमान राख्न सफल भएका हुन् ।

सोमबारको खेलपछि पेरिस ओलम्पिकमा थ्रि बाइ थ्रि बास्केटबल, पौडी, ब्याडमिन्टन, जिम्न्यास्टिक र सुटिङका सम्पूर्ण प्रतिस्पर्धा सकिएका छन् । यसैगरी आर्चरीको पनि प्रतिस्पर्धा सकिएको छ ।

बाँकी रहेका प्रतिस्पर्धाबाट अमेरिका र चीन पहिलो स्थानमा लागि तथा बेलायत र फ्रान्सको बिचमा तेस्रो स्थानमा लागि प्रतिस्पर्धा हुने लगभग निश्चित देखिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : ०७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल