पैसाले चिसिएको मार्क्स-एंगेल्स सम्बन्ध | Khabarhub Khabarhub

पैसाले चिसिएको मार्क्स-एंगेल्स सम्बन्ध

स्वार्थले जोडिए ओली-देउवा



एकताका मार्क्स र एंगेल्सको सम्बन्ध चिसिएको थियो। सम्बन्ध बिग्रिनुको प्रमुख कारण थियो- पैसा। ६ जनवरी १८६३ मा प्रेमिका मेरीको अचानक मृत्यु भयो। एंगेल्सले पत्रमार्फत मार्क्सलाई यो जानकारी गराए। मार्क्सको सोचेजस्तो पत्र आएन। फलस्वरुप एंगेल्स ६ दिन झोक्राए। प्रत्युत्तरमा मार्क्सले भनेका थिए-‘जुनबेला मेरो घरमा अन्न थिएन। छोरी जेनी विरामी थिइ। उधारो खाएका साहुहरु सामान लिलामी गर्न घरमा आइरहेका थिए। त्यसैले एकान्त चित्तले मैले मृत्युभाव प्रकट गर्न सकिन।’

त्यसैले भनिन्छ- मानिसका १८ परीक्षा हुन्छन्। सबैमा सर्वोत्कृष्ट दरिएको व्यक्ति अर्थ परीक्षामा चिप्लिन सक्छ। नेता भनेका देशका सम्पत्ति हुन्। जनताको हित गर्ने सर्तमा राज्यले उनीहरुमाथि लगानी गरेको हुन्छ। त्यतिमात्र हैन, उनीहरुले फेर्ने साससँग पनि देशको स्वार्थ गाँसिएको हुन्छ भन्ने सोचेर साइरन जडित गाडीको लर्कोले घडीको समयभन्दा अघि गन्तव्यसम्म पु-याइन्छ। कुनै बिघ्न बाधा व्यहोर्न नपरोस् भनेर मेचीमा नेताको सवारी चलाइँदा महाकालीको पुलिस एलर्ट हुनुपर्छ। नेता नबस्ने घरमा पनि पुलिसले तैनाथी दिन्छ। नेता त नेता भए उनीहरुका नाममा बलमिच्याइँ गर्नेहरुको जगजगी त झन् महादेवको गलामा बेरिएको सर्पभन्दा झन् उग्र हुन्छ। यस अर्थमा पनि उनीहरु चर्चायोग्य छन्। चाहे त्यो राम्रो होस् या नराम्रो। भनिन्छ नि- उज्यालोको मात्र हैन अन्धकारको पनि आफ्नै अर्थ हुन्छ।

राजनीति कुनै लहड र सनक होइन। यो त नीतिहरुको राजा हो। अझ भनौं तीन करोड जनताको व्यवस्थापन गर्ने कडी भनेकै राजनीति हो। यस्तो गुरुत्तर दायित्व लिएका समकालीन नेताहरुको जीवनशैली ठ्याक्कै जग्गा दलाल र मेनपावर सञ्चालक जस्तो बन्दै गएको छ।
समाजमा देश जल्यो भनेर कुर्लिनेको जमात बढ्यो। आगो निभाउनु त कता हो कता बाल्टिनमा पानी लिएर जानेको बाटो छेक्ने, अझ पेट्रोल खन्याउनेको धुइरो लाग्दै गयो। समाज यस्तै अनियन्त्रित र अनुशासनहीन बन्दै गएपछि धमिलो खोलामा माछा मार्नेको अनपेक्षित प्रवेश बढ्दै गयो। पर्खालको इँटा कसैले चोर्दैन, चलाउँदैन। जब इँटा बाटोमा छरिन्छ, त्यसलाई जसले पनि टिप्छ।

प्रतिपक्षीलाई जेलमा कोचेर वर्षौंदेखि बंगलादेशको राज्यशक्तिमा किलो गाड्दै आएकी बंगाली प्रधानमन्त्री शेख हसिना बाजेद जनताको आन्दोलनमा अघिल्तिर लत्रिएर देश छोड्नु पर्छ भन्ने उनलाई शायदै हेक्का थियो।

मन्चुरियामा जापानले हमला गर्नुअघि मजदुरको भेषमा धेरै वर्षअघिदेखि त्यहाँ बसेका जापानी त्यति खतरनाक छन् भन्ने कसैलाई थाहा थिएन। शिक्षा दिन र धर्म प्रचार गर्न भारत पसेका ब्रिटिसले एकदिन दिल्ली दरबार कब्जा गर्छन् भनेर भारतीयले सोचेका थिएनन। उखु खेतीमा बनिबुतो गर्न फिजी पुगेका भारतीयले महेन्द्र चौधरी जन्माउँछन् भनेर शायदै कसैले सोचेको थियो। न शान्ति र मैत्रीको माला जपेर गान्तोकको इण्डिया हाउसमा बसेका भारतीय कुटनीतिज्ञले स्वाधीन सिक्किमलाई भारतमै गाभ्छन भन्ने कुराको सुइँको सिक्किमे राजालाई थियो। प्रतिपक्षीलाई जेलमा कोचेर वर्षौंदेखि बंगलादेशको राज्यशक्तिमा किलो गाड्दै आएकी बंगाली प्रधानमन्त्री शेख हसिना बाजेद जनताको आन्दोलनमा अघिल्तिर लत्रिएर देश छोड्नु पर्छ भन्ने उनलाई शायदै हेक्का थियो।

चीनसँग विशेष सम्बन्ध बनाएका जुल्फिकर अलि भुट्टो फाँसीको फन्दामा पर्दा चीन ‘चुँ’ बोलेन। रुस विरुद्ध लड्न आफैंले हुर्काएको विन लादेन कालान्तरमा अमेरिकाका लागि टाउको दुखाई भए। आफैंले दिएको हतियार खोस्न तालिवानीसँग लड्नु प-यो। अमेरिकी डिजाइनमा हुर्किएका पनामाका सैनिक तानाशाह नोरियगाको उपयोगिता सकिएपछि राष्ट्रपति भवनबाटै गिरफ्तार भए। १८ वर्ष आफ्नो नियन्त्रणमा राखेको अमेरिकाले पक्षघातले असक्त भएपछि फ्रान्सलाई बुझायो।

कूटनीति र राजनीतिक चलाखीका दृष्टिले अघिल्लो पुस्ता धेरै अगाडि थिए। नपढेका जंगबहादुर बेलायत गएर नेपालको सैनिक, प्रशासनिक ढाँचामा परिवर्तन मात्र ल्याएनन्, उनको सम्मानमा दिइएको भोजमा अंग्रेजी गीतमा कम्मर मर्काइ मर्काइ नाचे। अंग्रेजी नजान्ने जंगबहादुर रौसिएर नाचेको देखेर अंग्रेजहरुले आश्चर्यसाथ सोधे- ‘के बुझेर अंग्रेजी गीतमा झुमेर नाच्नुभएको ?’ जंगबहादुरले तत्काल हाजिरी जवाफी शैलीमा भने-‘तपाईं चराले बोलेको बुझनुहुन्छ ? पक्कै बुझनुहुन्न। तर चराको आवाज त मीठो लाग्छ नि हैन र ?’ कोहीसँग जवाफै थिएन।

अंग्रेजी नजान्ने जंगबहादुर रौसिएर नाचेको देखेर अंग्रेजहरुले आश्चर्यसाथ सोधे- ‘के बुझेर अंग्रेजी गीतमा झुमेर नाच्नुभएको ?’ जंगबहादुरले तत्काल हाजिरी जवाफी शैलीमा भने-‘तपाईं चराले बोलेको बुझनुहुन्छ ? पक्कै बुझनुहुन्न। तर चराको आवाज त मीठो लाग्छ नि हैन र ?’ कोहीसँग जवाफै थिएन।

तुलसी गिरीका दुई श्रीमती थिए। सौता सौता चुल्ठो लुछालुछ गर्न थालेपछि गिरी झगडा छुट्याउन बीपीसँग सहयोग माग्थे रे। कति झगडा बीपीको मध्यस्थतामा साम्य बनाइएका सन्दर्भ बेलाबखत आउने गरेका छन्। तात्कालीन युवराज महेन्द्रले साली रत्न ल्याउने निश्चित भएपछि उनलाई युवराजबाट बर्खास्त गर्ने राजा त्रिभुवनको तयारीलाई बीपीको पहलमा साँप पनि मर्ने लौरो पनि नभाँचिने शैलीमा समाधान गरिएको आत्मवृतान्तमा उल्लेख छ।

आफैंले थुनेका बीपीको फोटो प्रज्ञा प्रतिष्ठानमा नदेख्दा राजा महेन्द्रले तत्काल फोटो राख्न हुकूम दिएको सबैलाई थाहै छ। यहाँ उठाउन खोजिएको सन्दर्भ के हो भने मनमा तुष भएपनि सामान्य घरायसी समस्या पनि नेता मात्र हैन राजासमेत आपसमा बाँडचुड गर्थे। उनीहरु भित्रको सद्भावपूर्ण रसायन जीवनपर्यन्त जीवित देखिन्थ्यो।

भुक्तभोगीहरु भन्छन्- राज्य सञ्चालनमा राजा महेन्द्र यति चलाख थिए कि कुनै पनि राजनीतिक निर्णय लिँदा आफ्नै पत्नीलाई सुइँको दिँदैनथे रे ! त्यतिमात्र हैन, छोरासँग व्यक्तिगत खुसामदी कहिल्यै गरेनन्। उनले सधैं लगाउने कालो चस्माका बारेमा कसैले डेढो आँखा छोप्नका लागि भनेका छन् भने समर्थकहरु कालो चश्माबाट अरुको अनुहार पढ्न सजिलो हुने भएकाले कूटनीतिक प्रयोजनका लागि लगाइएको जिकिर गर्छन्।

बीपी कोइराला प्रधानमन्त्री भएका बेलाको सन्दर्भ हो। मन्त्रिपरिषद्को बैठकमा यो पनि भएन, उ पनि भएन भनेर गणेशमान सिंह हरेक प्रस्तावमा भाँजो हाल्थे। हुँदाहुँदा अस्वीकृत प्रस्तावको चाङ लागेछ। यसबाट सरकारको बद्नाम हुने सत्य बुझेका बीपीले उपाय निकाले। गणेशमान सिंहलाई फुक्र्याएर उहाँ र आफूमा केही फरक नभएको भन्दै वरिष्ठ मन्त्रीको हैसियतले आगामी बैठकबाट सरकारका सम्पूर्ण प्रस्ताव सिंहले ल्याउने उद्घोष गरिदिए। गणेशमानलाई सम्मान पाएको अनुभव भयो, बीपीको बाटो फराकिलो बन्यो।

राम्रो अनुष्ठान गर्नेहरुका लागि हरेक समय शुभसाइत हो। २४ घण्टाको यही समयले कसैलाई बिल गेट्स बनाएको छ त कसैलाई विन लादेन। एउटै आमा, बाका सन्तान मुकेश अम्बानी खरबौं खर्चिएर छोराको बिहे गर्छन्, अर्का छोरा अनिल अम्बानी टुप्पीसम्म ऋणमा डुबेका छन्। देशमा तेलैतेलको खानी भएर के गर्नु ? हातमुख जोर्न नपाएका सुडानी दुई देशमा विभाजित भएर भूगोल हैन, भोक बाँडेका छन्। यही २४ घण्टाभित्रै विन लादेन बिदा भएका छन् भने नेल्शन मण्डेलाको महायात्रापछि पनि उनका भक्तहरु संसारमा रक्तविज झै फैलिरहेका छन्।

भौतिक उपलब्धताको दृष्टिले दलाई लामासँग के छैन ? तर देश नहुँदाको पीडा कस्तो हुन्छ ? देश धेर भएका हाम्रा नेताहरुले उनको मनोविज्ञान पढे घाँटी घाँटीसम्म थाहा हुन्छ।

भौतिक उपलब्धताको दृष्टिले दलाई लामासँग के छैन ? तर देश नहुँदाको पीडा कस्तो हुन्छ ? देश धेर भएका हाम्रा नेताहरुले उनको मनोविज्ञान पढे घाँटी घाँटीसम्म थाहा हुन्छ। मानिस समस्याका कारण आतिन्छन, रुन्छन, कराउँछन, गुनासो गर्छन। तर समस्या त हरेक युगमा थियो। तपाईं कल्पना गर्नुस त यदि समस्या नहुँदो हो त मानिस चौबीस घण्टा कसरी बिताउँथ्यो होला ? यही समस्याकै निदान खोज्न गरेको प्रयासले नै उसले आफैंले पत्याउन नसक्ने गरी आविष्कार ग-यो।

जन्मिएको धर्तीप्रति आत्मगौरव गर्नेहरुले मात्र माटोको सुगन्ध आत्मसात गर्न सक्छन्। ज्ञान र सत्यबाट हिँडेको मानिसले झारपातबाट पनि मह उत्पादन गर्नसक्छ। अरुलाई दु:ख दिनेले कहिल्यै सुख पाउँदैन। देश बनाउने जिम्मेवारी पाएका हाम्रो देशका अधिकांश शिल्पीहरु पढेलेखेका छन्। कुन नेता छन, विदेश नगएका ? कुन जंगी, निजामतीका अधिकारीले विदेशमा पढेका छैनन् ?

पाँच दशक अघिसम्म नेपालले अन्न पठाउने गरेका कोरिया, थाइल्याण्ड, भियतनामजस्ता मुलुक जहाँका जनताको प्रतिव्यक्ति आय २४ हजार डलरसम्म पुगिसक्यो। हामी तीन सयको लाजमर्दो दौडमा छौं। कुशासनको सूचीमा त हाम्रो कीर्तिमानी अग्रपंक्तिमा छ।

जनतालाई बाँच्न हैन, माग्न सिकाउने कुपात्रहरु राजनीतिको चुलो चौकोमा हावी हुँदै जाँदा कालो बादल झन्झन् मडारिँदो छ।
राजा छँदा दोषको भुतभुते उनलाई खन्याएर आफू पानीमाथिको ओभानो हुन खोज्ने नेताहरु देशमा बढेको बेथिति स्वीकार्छन, तर जिम्मेवारी लिन किमार्थ तयार छैनन्। राजनीतिमा नैतिकताको ‘न’ पनि बाँकी छैन। रंगशालामा चलेको हावाहुरीका कारण भएको भागदौडमा मान्छे मारिंदा नैतिकताको आधारमा पदबाट राजीनामा दिने केशरबहादुर विष्टको त्यो साखमा तीन दशकयता कुनै राजनीतिका माइकलालले नैतिकताको एउटा उल्लेख्य इँटा थप्न सकेका छैनन्।

सत्ताभित्रका दलहरु लुट्न मस्त छन्। प्रतिपक्षी दलहरु सत्ताको आगोमा स्वार्थको रोटी सेकाउन नपाउँदा अंगुर अमिलो शैलीको अभिनय गरेर बसेका छन्।

नैतिकता भनेको स्वधर्मको नाम हो। आत्माको पुकार हो। कुतर्क गर्ने हो भने रंगशालाको ढोका मन्त्रीले खोल्ने होइन, के को राजीनामा ? कसैले खुकुरीले ठुन्क्यायो भने दोष मानिसलाई किन ? हातले त काट्दैन। काट्ने त खुकुरी हो। आखिर तर्क सकिएपछि बाँकी रहने भनेको कुतर्क नै हो। अहिले देखिने नाटक यस्तै विवेकशून्यताको परिणाम हो। हामीले सुन्दै आएको टेबुलमुनिको घुसखोरी त दन्त्यकथा जस्तो भइसक्यो। भ्रष्टाचार त अब नीतिगत र संगठित रुपमा स्वाभाविक प्रक्रियाजस्तै भएको छ।

भ्रष्टाचारी र सदाचारी खुट्याउनु भनेको सर्वतबाट चिनी निकाल्नुजस्तै कठिन बन्दै गएको छ। दल र तिनीहरुले लाइसेन्स दिएका दलालहरुबाट राज्यका हरेक निकाय प्रताडित छन्। जनताको हाड, पसिनाको कमाइ सदुपयोग गर्नुपर्छ भनेर कुनै राजनीतिक दलले सासले बोलेको पनि गरेको सुनिदैन। यी सबै दृश्यले भन्छ- नीतिहरुको राजा राजनीति उद्योग भएको छ। राजनीतिक दलहरु प्राइभेट लिमिटेड। दलका शीर्ष नेतृत्व आजीवन म्यानेजर भएका छन्। सत्ताभित्रका दलहरु लुट्न मस्त छन्। प्रतिपक्षी दलहरु सत्ताको आगोमा स्वार्थको रोटी सेकाउन नपाउँदा अंगुर अमिलो शैलीको अभिनय गरेर बसेका छन्।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ९ : ५९ बजे

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत

एकीकृत उपचार पद्धतिमा जोड दिन सुझाव

काठमाडौं – ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था

तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु

खान युनिस – प्यालेष्टिनी अधिनस्थ गाजामा तापक्रममा ‘अत्यधिक गिरावट’ आएका