सरकारले जनताका निराशाको अन्त्य गर्छ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

सरकारले जनताका निराशाको अन्त्य गर्छ : उपप्रधानमन्त्री सिंह


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलकोे सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलमा सिंहले पटकपटक सरकार परिवर्तनको खेलका कारण जनतामा निराशा छाएको भन्दै त्यसलाई अन्त्य गर्नका लागि ठूला दुइ दल मिलेर सरकार बनाएको र वर्तमान सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने बताए ।

वर्तमान सरकारले देश र जनताका लागि नतिजामूखी काम गर्ने उनको भनाइ छ । सिंहले राजनीतिक स्थायित्व र स्थितरताको जगमा मुलुकको परिवर्तन गर्न ध्यान केन्द्रित गर्ने धारणा राखे ।

यस्तै उपप्रधानमन्त्री सिंहले देशभरका सहरी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नीतिगत सुधारका साथ अघि बढ्ने अठोट व्यक्त गरे ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १२ : ४९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका