बंगलादेशमा ज्यान जोगाउन चौकी छाडेर भाग्दै प्रहरी, जलाइयो देशका संस्थापकको संग्रहालय « Khabarhub

बंगलादेशमा ज्यान जोगाउन चौकी छाडेर भाग्दै प्रहरी, जलाइयो देशका संस्थापकको संग्रहालय


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा सोमबार प्रदर्शनकारीहरूले धानमन्डीस्थित ‘बंगबन्धु स्मृति जादुघर’ मा तोडफोड र आगजनी गरेका छन् ।

बंगलादेशको राजशाही जिल्लामा शेख हसिनाको पार्टी अवामी लीगको विरासतलाई सजाएर राखिएको यो संग्रहालयमा आगो झोसिएको हो ।

यस संग्रहालयमा राखिएको शेख हसिनाका पिता बंगबन्धु शेख मुजीबुर्रहमानको तस्बिर पनि प्रदर्शनकारीहरूले जलाइदिएका छन्

उता प्रहरी कार्यालयमा पनि भिडले हमला गरिरहेको छ । त्यसका कारण प्रहरी पनि चौकी छाडेर भागिरहेका छन् ।

बंगलादेशको राजधानी ढाकास्थित जतराबाडी, बड्डा, मोहम्मदपुर, अदाबारसमेत कयौँ पुलिस स्टेशनमा सोमबार रातभर हमला र लुटपाट भएको छ।

सोमबार कयौँ चौकीमा आक्रमण भयो । कयौँ स्थानमा आक्रोशित भिड र प्रहरीबीच झडप भएको छ। केही चौकीबाट प्रहरी नै भागेका छन् ।

मंगलबार बिहान बीबीसी बंगलाका संवाददाता मोहम्मदपुर प्रहरी चौकी पुगेर हेर्दा कार्यालय जलेर खरानी भएको देखिएको थियो ।

पुलिस चौकीका केही कोठाबाट धुवाँको मुस्लो देखिएको थियो । पुलिस चौकी परिसरमा जलिरहेका कागज र फर्निचर मात्रै थिए ।

चौकीभित्रबाट पंखा, कुर्सी, टेबलसमेत सबै सामान लुटिएको थियो । सुरक्षा संकटका कारण आइतबार चौकीका तैनाथ प्रहरी भागेर सुरक्षित स्थानतिर लागेका थिए ।

मोहम्मदपुर चौकीकमा एकजना असईले बताएअनुसार कार्यालयभित्रका सबै हतियार, गोला बारुद पनि लुटेर लगिएको छ।

समाचार अनुसार आइतबार राति नै चौकीमा राखिएका गाडी, मोटरसाइकल र चौकीभित्रका सामान पनि लुटिएको हो ।

यो चौकीमा अहिले एकजना पनि प्रहरी छैनन् । सोमबार बड्डा र भटारा चौकीमा पनि आक्रमण गरियो । आगो लगाइएपछि चौकी जलेर खरानी भएको छ।

चौकीबाहिरका गाडीसहितका सामान र भित्र राखिउका सामान सबै जलाइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार ढाकाका मात्रै ५० भन्दा धेरै चौकीबाट प्रहरी भागेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १ : १६ बजे

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका