फास्ट ट्रयाकको टनेल ‘ब्रेक थ्रू’पछि राजदूत सोङले भने- चीन र नेपाल मिलेर काम गरे असम्भव केही छैन « Khabarhub

फास्ट ट्रयाकको टनेल ‘ब्रेक थ्रू’पछि राजदूत सोङले भने- चीन र नेपाल मिलेर काम गरे असम्भव केही छैन


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्माणधीन काठमाडौं-तराई-मधेस द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ आइतबार ब्रेक थ्रू भएपछि नेपालस्थित चिनियाँ राजदूत चेन सोङले खुसी व्यक्त गरेका छन् ।

नेपाली सेनाले निर्माणको जिम्मा लिएर चिनियाँ ठेकेदारमार्फत उक्त सुरुङ मार्ग खनिएको थियो ।

मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौं–निजगढतर्फको एक दशमलव सात सय २८ किलोमिटर लामो सुरुङ सोमबार ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै राजदूत सोङ पनि सहभागी भएका थिए ।

चीन र दक्षिण कोरियाका राजदूतहरूको समेत उपस्थितिमा प्रधानमन्त्री ओलीले उक्त सुरुङमार्ग ब्रेक थ्रू भएको घोषणा गरेका थिए । यो

त्यसपछि सोमबार चिनियाँ राजदूत सोङले उक्त सुरुङमार्ग ब्रेक थ्रू कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताएका हुन् ।

‘काठमाडौं-तराई फास्ट ट्रयाक परियोजनाका सबै सुरुङ सफलतापूर्वक ब्रेकथ्रु भएको उत्सवमा सहभागी हुन पाउँदा निकै खुसी लाग्यो’, उनले सोमबार भनेका छन्, ‘यो परियोजना नेपालको ‘राष्ट्रिय गौरव’ परियोजनाहरूमध्ये एक हो।’

उनले यस परियोजना नेपालको सबैभन्दा अग्लो पुल र सबैभन्दा ठूलो क्रस-सेक्सन सुरुङ निर्माणमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । ‘चीन र नेपाल मिलेर काम गर्दा असम्भव केही हुँदैन, कुनै पनि अवरोध अटुट हुँदैन’, उनले भनेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १ : ४२ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज