अर्जेन्टाइन स्ट्राइकर जुलियन अल्भारेज सिटीबाट मड्रिड जाने पक्का | Khabarhub Khabarhub

अर्जेन्टाइन स्ट्राइकर जुलियन अल्भारेज सिटीबाट मड्रिड जाने पक्का


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अर्जेन्टाइन युवा स्ट्राइकर जुलियन अल्भारेज स्पेनिस क्लब एट्लेटिको मड्रिड जाने पक्का भएको छ।

उनको स्थानान्तरणका लागि इङ्लिस क्लब म्यानचेस्टर सिटी र मड्रिडबीच मंगलबार सम्झौता भएको स्काई स्पोर्ट्स र चर्चित खेल पत्रकार फाबिरिजो रोमानोले उल्लेख गरेका छन् ।

मार्च २०२३ मा सिटीसँग एक वर्षको सम्झौता नवीकरण गरेका अल्भारेज नियमित खेल्न नपाएपछि असन्तुष्ट थिए । २०२८ सम्म सिटीमा बस्नुपर्ने सम्झौता गरेका उनी त्यसअगावै एट्लेटिको मड्रिड जाने भएका हुन् ।

उनलाई किन्नका लागि एट्लेटिको मड्रिडले सिटीलाई ८१ मिलियन पाउन्डभन्दा बढी खर्च गर्न लागेको स्काई स्पोर्ट्सले जनाएको छ। उता चर्चित खेल पत्रकार फाबिरिजो रोमानले भने मड्रिडले अल्भारेजका लागि ७५ मिलियन पाउन्ड बढी खर्च गर्न तयार भएको जनाएका छन् ।

एट्लेटिकोको उक्त प्रस्तावपछि सिटीले अल्भारेजलाई बेच्न मंगलबार आवश्यक कागजी प्रक्रिया पूरा गर्ने भएको छ।

अल्भारेज सन् २०२२–२३ को सिजनमा म्यानचेस्टर सिटीमा आवद्ध भएका थिए । तर त्यहाँ प्रमुख स्ट्राइकर अर्लिङ हलान्ड रहेकाले उनले वैकल्पिकका रुपमा खेल्नु परेको थियो । अल्भारेजले नियमित खेल्नका लागि सिटीको साटो मड्रिडलाई रोजेका हुन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  २ : ०७ बजे

माटोका भाँडा बनाएर आत्मनिर्भर

सुनसरी– इटहरी उपमहानगरपालिका– ६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर

पोखरा भरिभराउ : लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा– केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

युवालाई आत्मनिर्भर बनाउँदै चखेल गाउँ

मकवानपुर– विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै

पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा