टीआरसी विधेयकका छलफललाई निष्कर्षमा पुर्‍याउनुपर्छ : कानूनमन्त्री « Khabarhub

टीआरसी विधेयकका छलफललाई निष्कर्षमा पुर्‍याउनुपर्छ : कानूनमन्त्री


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्को आगामी बैठकमा प्रस्तुत गर्नेगरि अघि छलफल गर्न आग्रह गरेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा मन्त्री चौरसियाले प्रतिनिधिसभाको साउन २९ गते बस्ने बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने गरि अघि बढ्न आग्रह गरेका हुन् । 

सदनले बिजनेस नपाइरहेको अवस्थामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका साथै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिका छलफललाई निष्कर्षमा पुराउनुपर्नेमा उनले जोड दिए । मन्त्री चौरसियाले केही नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयकमा देखिएका विषयहरूमा सहमति खोज्न आफू गम्भीर भएर लाग्ने जिकिर गरे । 

त्यस्तै विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई निरन्तर बैठक बसेर टुङ्गो लगाउन उनले सुझाव दिए । 

बैठकमा विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको थियो । तर समिति सदस्यहरूले नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयक र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुराएपछि मात्रै अन्य विधेयकमाथि छलफल गर्न सुझाव दिएका थिए । 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  २ : ३९ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा