राजनीति

राज्य व्यवस्था समितिको बैठकमा उपस्थित भए प्रधानमन्त्री ओली

By खबरहब

August 06, 2024

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ‌ओली पहिलो पटक संसदीय समितिको बैठकमा उपस्थित भएका छन् ।

मंगलबार दिउँसो २ बजे बसेको बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका हुन् । उनले विभिन्न विषयमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने समितिका सभापति रामहरि खतिवडाले बताएका छन् ।

गत असार ३० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली पहिलो पटक संसदीय समितिमा उपस्थित भएका हुन् ।

यसअघि गत साउन १६ गतेको बैठकमा पनि ओलीलाई आमन्त्रण गरिएको थियो । तर ओलीले त्यसबेला आफू उपस्थित हुन नसक्ने पत्रसहित गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए ।