काभा नेसन्स लिग भलिबल : इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा « Khabarhub

काभा नेसन्स लिग भलिबल : इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा

उपाधिका लागि भारतसँग भिड्ने


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


26k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ । नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो।

यससँगै नेपालले यसअघि भोगेको हारको बदला पनि लिन सफल भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हरायो ।

नेपालले इरानविरुद्ध पहिलो सेटमा २५-२१, दोस्रोमा २८-२६ र तेस्रोमा २५-२० को जित निकालेको हो ।

पहिलो सेटमा नेपाल १-४ ले पछि परिसके अवस्थामा लगातार चार अंक जोड्दै लयमा फर्कियो । त्यसपछि इरानले नेपाललाई रोक्न असफल भयो । कुनै बेला खेल १०-८ को अवस्थामा हुँदा इरानले लगातार अंक गुमाउँदा पहिलो सेट २५-२१ ले नेपालको पक्षमा गयो ।

प्रतिस्पर्धात्मक दोस्रो सेटमा नेपालले १५-१० को अग्रता लिएको थियो। लगतार अंक गुमाएपछि खेललाई इरानले रोमाञ्चक बनायो । उसले लयमा फर्किएर खेललाई १९-१८, २९-१९ हुँदै अन्तिमसम्म रोचक बनायो । इरानले खेलमा फर्किएर  लगतार अंक जोड्न सफल हुँदा खेल २२-२४ मा पुग्यो । अन्तिममा नेपालले दुई सेट जोगाउँदा खेल २८-२६ ले जित्यो ।

नेपालले तेस्रो सेटमा पनि लय समात्दा सोझो जित सम्भव भयो । ११-१४ को स्थितिमा रहेको अवस्थामा नेपालले लगतार अंक जोडेर १३-१४ मा पुर्‍याएको थियो ।

कडा प्रतिस्पर्धा देखिएको तेस्रो सेटमा खेल १५-१५, १६-१६, १७-१७ र १९-१८ को अवस्थमा पुग्यो । नेपालले लगालग अंक थपेर इरानलाई पछि पारेको थियो । त्यसबीचमा इरानले केबल २ अंक जोडेको थियो । उता नेपालले ६ अंक जोड्दै तेस्रो सेट २५-२० ले जितेर फाइनल यात्रा पक्का गर्‍यो ।

नेपाल दोस्रो र इरान तेस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेका थिए। लिगचरणमा नेपालले इरानसँग ३-२ को सेटमा हार बेहोरेको थियो। त्यो बदला लिन नेपाल सफल भएको छ।

यसअघि समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेर इरानसँगको भेट पक्का गरेको थियो।

नेपालले यसअघि समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा उपाधि दाबेदार भारतलाई ३–२ ले हराउँदै नेपालले सेमिफाइनल यात्रा तय गरेको थियो ।

आइतबार भएको तेस्रो खेलमा नेपाल इरानसँग ३–२ ले पराजित भयो । सोमबार लिगचरणको अन्तिम खेलमा नेपालले अंकविहीन माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : ४९ बजे

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा