काभा नेसन्स लिग भलिबल : इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा « Khabarhub

काभा नेसन्स लिग भलिबल : इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा

उपाधिका लागि भारतसँग भिड्ने


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


26k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ । नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो।

यससँगै नेपालले यसअघि भोगेको हारको बदला पनि लिन सफल भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हरायो ।

नेपालले इरानविरुद्ध पहिलो सेटमा २५-२१, दोस्रोमा २८-२६ र तेस्रोमा २५-२० को जित निकालेको हो ।

पहिलो सेटमा नेपाल १-४ ले पछि परिसके अवस्थामा लगातार चार अंक जोड्दै लयमा फर्कियो । त्यसपछि इरानले नेपाललाई रोक्न असफल भयो । कुनै बेला खेल १०-८ को अवस्थामा हुँदा इरानले लगातार अंक गुमाउँदा पहिलो सेट २५-२१ ले नेपालको पक्षमा गयो ।

प्रतिस्पर्धात्मक दोस्रो सेटमा नेपालले १५-१० को अग्रता लिएको थियो। लगतार अंक गुमाएपछि खेललाई इरानले रोमाञ्चक बनायो । उसले लयमा फर्किएर खेललाई १९-१८, २९-१९ हुँदै अन्तिमसम्म रोचक बनायो । इरानले खेलमा फर्किएर  लगतार अंक जोड्न सफल हुँदा खेल २२-२४ मा पुग्यो । अन्तिममा नेपालले दुई सेट जोगाउँदा खेल २८-२६ ले जित्यो ।

नेपालले तेस्रो सेटमा पनि लय समात्दा सोझो जित सम्भव भयो । ११-१४ को स्थितिमा रहेको अवस्थामा नेपालले लगतार अंक जोडेर १३-१४ मा पुर्‍याएको थियो ।

कडा प्रतिस्पर्धा देखिएको तेस्रो सेटमा खेल १५-१५, १६-१६, १७-१७ र १९-१८ को अवस्थमा पुग्यो । नेपालले लगालग अंक थपेर इरानलाई पछि पारेको थियो । त्यसबीचमा इरानले केबल २ अंक जोडेको थियो । उता नेपालले ६ अंक जोड्दै तेस्रो सेट २५-२० ले जितेर फाइनल यात्रा पक्का गर्‍यो ।

नेपाल दोस्रो र इरान तेस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेका थिए। लिगचरणमा नेपालले इरानसँग ३-२ को सेटमा हार बेहोरेको थियो। त्यो बदला लिन नेपाल सफल भएको छ।

यसअघि समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेर इरानसँगको भेट पक्का गरेको थियो।

नेपालले यसअघि समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा उपाधि दाबेदार भारतलाई ३–२ ले हराउँदै नेपालले सेमिफाइनल यात्रा तय गरेको थियो ।

आइतबार भएको तेस्रो खेलमा नेपाल इरानसँग ३–२ ले पराजित भयो । सोमबार लिगचरणको अन्तिम खेलमा नेपालले अंकविहीन माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : ४९ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी