आज २०८१ साल भदौ २१ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ २१ गते शुक्रबारको राशिफल


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ २१ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर ६ तारिख। भाद्र शुल्क पक्षको हरितालिका तीजको व्रत। चन्द्र दर्शन दोष। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : निजी काममा व्यस्त रहे पनि आर्थिक उन्नति गर्न समस्या हुनेछ। वैदेशिक क्षेत्रको श्रमबाट आम्दानी बढ्नेछ। साथीभाइको सहयोगले राजनीतिमा झुकाब बढ्नेछ। परिवारमा प्रेमको बन्धन कसिलो बन्नेछ।

वृष : मान्यजनसँगको भेटले मनमा उत्साह बढ्नेछ। राज्यको तर्फबाट साथ र सहयोग हुने योग रहेको छ। आफ्नो बोलीमा मिठासता रहेकाले कला र गलाको प्रशंसा हुनेछ। आफ्नो प्रतिभा प्रदर्शन गरेर आम्दानी गर्न सकिने छ। परिवारसँग मेलमिलाप हुनेछ।

मिथुन : आफ्नो उचाइको हेक्का नहुँदा समाज र परिवारले आलोचना गर्नेछन्। न्यायपूर्वक गरेको श्रमको प्रतिफलबाट फाइदा हुनेछ। आज खानामा रुची नहुन सक्छ। परिवारमा आफू सानो बनेर जित्न सकिने छ।

कर्कट : परिवार र साथीसँगको भेटले दिन मनोरञ्जनपूर्ण बन्नेछ। आफूले थालेका कामबाट सफलता मिल्नेछ। बन्धुको सहयोग मिल्नेछ। परिवारको प्रेममा भने तपाईं शंकामा पर्ने दिन छ।

सिंह : आज बनाएका योजनाले दीर्घकालसम्म प्रभाव राख्नेछन्। परिवारमा जमघट हुनेछ। अध्ययन र अध्यापनका लागि दिन सहज छ। सामाजिक क्षेत्रमा चासो रहनाले सेवाको अवसर मिल्ने योग छ।

कन्या : दिन रमाइलो छ। विभिन्न कार्यक्रममा भेटघाट बढ्नेछ। राजनीतिक क्षेत्रको अन्तरक्रियाले समय बित्नेछ। तपाईंको कामले चर्चामा आउने योग छ। लगानीका लागि हिम्मत गरेमा फाइदा हुनेछ। गल्ती जोगाउन नसक्दा प्रिय वस्तु गुमाउनुपर्ने हुनसक्छ।

तुला : चाडपर्वको भड्किलो कार्यक्रममा सहभागी हुनाले रोग बढ्ने जोखिम रहेको छ। सामाजिक र बौद्धिक क्षेत्रमा अवसर प्राप्त हुनेछ। न्यायिक क्षेत्रको झुकाब रहेकाले लगानीमा न्याय मिल्ने दिन छ। परिवारले रचनात्मक साथ दिनेछन्।

वृश्चिक : आजको दैनिकी रमाइलो छ। सोचेका काममा एकपछि अर्को सफलता मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ सीप मिल्नेछ। परिवारमा भने बढ्दै गएको विवादले अप्ठेरो रुप लिने खतरा छ।

धनु : पारिवारिक प्रेममा तपाईंलाई झुक्याउने व्यक्ति धेरै छन्। सचेत बन्नु राम्रो हुनेछ। तपाईंले गरेको प्राविधिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। सांगठानिक जिम्मेवारीको प्रशंसा हुनेछ।

मकर : स्वदेशमा रोजगारीको अवसर मिल्नेछ। हिमाली क्षेत्रको जडीबुटी, पशु पालन र दुग्धजन्य व्यापारमा मन लाग्नेछ। संयुक्त लगानी गरेको भए व्यापार सफल बन्नेछ। काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु राम्रो हुनेछ।

कुम्भ : मध्यसाढेसाती शनिदशाको वक्रगति आठौ स्थानमा छ। यसले गर्दा व्यवहारमा झन्झट पर्नेछ। ऋणको भार र रोगको चाप बढ्नेछ। शनिदेव जन्मकुण्डलीको ३ र ६ स्थानमा भए दिन सहज बन्नेछ। परिवारमा शान्ति मिल्नेछ। जन्मकुण्डली देखाएर अगाडि बढ्नु राम्रो हुनेछ।

मीन : आफूभन्दा साना पदमा रहेका व्यक्तिले कुरा काट्ने र अप्ठेरोमा पार्ने योग रहेको छ। ठुला व्यक्तिको संगत गर्न सिक्नु राम्रो हुनेछ। संकटमा परिवारले बचाउ गर्नेछ। बिहानै श्रीगणेश भगवानको आरती सुन्नमात्र भ्याए पनि दिन सहज बन्नेछ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ४ : ५८ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण