आर्थिक

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदै किनबेच ?

By खबरहब

September 06, 2024

काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

सुन तोलाको १३ सयले बढेर एक लाख ५३ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुनको मूल्य १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको ३० रुपैयाँले बढेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।