प्रधानमन्त्री ओलीको पहिलो विदेश यात्रा, को-को जाँदैछन् अमेरिका ? « Khabarhub

प्रधानमन्त्री ओलीको पहिलो विदेश यात्रा, को-को जाँदैछन् अमेरिका ?


२१ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो तेस्रो कार्यकालको पहिलो विदेश भ्रमणका लागि अमेरिकामा जाने भएका छन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रसंघीय महासभामा भाग लिन जान लागेका प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री ओली न्यूयोर्क जाने कार्यक्रम स्वीकृत गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण टोलीमा प्रधानमन्त्रीसहित पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह र प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य छन् ।

त्यसैगरी भ्रमणटोलीमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, सह-सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, उपसचिव प्रथमा उप्रेती, अधिकृतद्धय भुवन ओझा र प्रविण भट्टराई पनि छन् ।

यो टोलीमा प्रधानमन्त्रीका सुरक्षाकर्मी नेपाली सेनाका प्रमुख सेनानी दिवाकर खड्का, नेपाल प्रहरीका डिएसपी नविन कार्की र प्रधानमन्त्रीका समाचार संयोजक प्रकाश सिलवाल पनि छन् ।

प्रधानमन्त्रीसँगै निजी फोटोग्राफर दिनेश भण्डारी र नेपाल टेलिभिजनका क्यामरा पर्सन अनन्त चालिसे पनि जाँदैछन् ।

राष्ट्रसंघको महासभा आगामी भदौ २५ देखि असोज १२ गतेसम्म न्यूयोर्कमा हुँदैछ । प्रधानमन्त्री ओली महासभामा सम्बोधनका लागि असोज ४ गते न्यूयोर्क जाने कार्यसूची छ ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  १२ : २५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया