‘मास रिपोर्ट’ले हटेको बालेनको पोस्ट फेसबुकले फर्काइदियो « Khabarhub

‘मास रिपोर्ट’ले हटेको बालेनको पोस्ट फेसबुकले फर्काइदियो


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘मास रिपोर्ट’का कारण हटेको काठमाडौं महानगरका मेयर बालेन्द्र साहको पोस्ट फेसबुकले फिर्ता गरिदिएको छ ।

एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केही दिनअघि हटाइदिएको थियो ।

‘मास रिपोर्ट’मा परेर आफ्नो पोस्ट हटेपछि बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दोष लगाएका थिए ।

बालेनले भने आफ्नो फेसबुक पोस्ट सरकारले हटाइदिएको भन्दै प्रधानमन्त्री आक्रोश पोखेका थिए ।

बालेनको पोस्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै उनका समर्थकले ओलीको फेसबुक पेजमा अनफलो अभियान चलाएका थिए ।

यस क्रममा बालेनका समर्थकले ओलीका करिब ७६ हजार फलोअर घटाइदिएका थिए। । तर ५ लाख ८९ हजारमा झरेका ओलीका फलोअर अहिले बढेर ५ लाख ९३ हजार पुगिसकेका छन् ।

बालेनले फेसबुकमै लेखेर संघीय सरकारविरुद्ध आक्रोश पोखेपछि उनका समर्थकहरूले अनफलो अभियान चलाएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ५ : २४ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले