स्वास्थ्यमन्त्रीले भने- सकेसम्म सुधार गरौँ, नत्र डुबाउने गरी पदमा नबसौँ « Khabarhub

स्वास्थ्यमन्त्रीले भने- सकेसम्म सुधार गरौँ, नत्र डुबाउने गरी पदमा नबसौँ

आयुर्वेद सुधारबारे कार्ययोजना ल्याउन निर्देशन


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन १ हप्ताभित्र प्रष्ट योजनासहित उपस्थित हुन निर्देशन दिएका छन् ।

मन्त्रालयमा आयोजित आयुर्वेद सम्बद्ध अधिकारीसँगको बैठकमा बोल्दै मन्त्री पौडेलले तत्काल स्रोत थप्न सकिने अवस्था नरहेको भन्दै मौजुदा अवस्थामै सुधार्न सकिने योजनासहित आउन आग्रह गरे ।

‘सेवा सुधारका लागि आवश्यक नीतिगत व्यवस्था गर्न हामी तयार छौं,’ उनले भने, ‘१ हप्ताभित्र प्रष्ट योजना लिएर आउनुहोला । द्रूत गतिमा सुधार ल्याउने गरी काम गरौँ, म साथ दिन तयार छु ।’

उनले स्रोतको मितव्ययी भएर सदुपयोग गर्नसमेत आग्रह गरे । मन्त्री पौडेलले आयुर्वेद उपचारले सान्दर्भिकता गुमाएको जस्तो देखिने भन्दै सुधार गर्न नसकिए पद ओगटेर बस्न नहुने बताए ।

‘सकेसम्म सुधार गरौँ,’ उनले भने, ‘तर डुबाउने गरी (पदमा) नबसौँ ।’

देशमा आयुर्वेदबारे पर्याप्त अध्ययन अनुसन्धान समेत नभएको रिसर्च सेन्टर छैन आयुर्वेद क्षेत्रमा भारतले गरेको प्रगतिबाट समेत सिकेर सुधार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ६ : १० बजे

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६

आज २०८३ साल असार २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको