सान मारिनो : जसले एउटा जितका लागि २० वर्ष र १४० खेल कुर्नु पर्‍यो « Khabarhub

सान मारिनो : जसले एउटा जितका लागि २० वर्ष र १४० खेल कुर्नु पर्‍यो


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वको सबैभन्दा लोकप्रिय खेल फुटबलमा कहिलेकाहीँ अनौठो नतिजा आउने गर्छन् । फुटबल कहिले धेरै अन्तरको हारजितले चर्चामा हुन्छ त कहिले बलियो टिमले ब्यहोर्ने आश्चर्यजनक हारले ।

तर यस पटक यो भन्दा फरक नतिजाले फुटबल जगतमा चर्चा पाएको छ । युरोपेली महाद्विपमा एउटा देश छ सान मारिनो । जसले गयराति भएको खेलमा लिकटेन्स्टाइनलाई १-० ले हराउने क्रममा सान मारिनोले आफ्नो लामो धैर्यको अन्त्य गरेको छ ।

सान मारिनोले नेशन्स लिगको चौथो चरणमा लिकटेन्स्टाइनलाई १-० ले हराउँदै २० वर्षको प्रयासपछि आफ्नो पहिलो प्रतिस्पर्धी जीत निकालेको छ ।

सान मारिनोलाई दुर्लभ जित दिलाउने क्रममा निको सेन्सोलीले सेराभेलमा खेलको एकमात्र गोल गरे । यी किशोर फुटबलरले रक्षा पंक्तिको त्रुटिको फाइदा उठाउँदै खेलको ५३ औँ मिनेटमा जाली चुमाए । गोल रक्षक बेन्जामिन बुचेललाई छलाउँदै उनले बललाई अघि बढाएका थिए ।

यसअघि लिकटेन्स्टाइनका लागि फ्याबियो लुके नोटारोको गोललाई पहिलो हाफमा अफसाइडका कारण रद्द गरियो । सेन्सोलीले स्कोर गर्नु ठीक अघि नजिकबाट भएको एक प्रहारलाई पनि रोकिएको थियो ।

पाहुना टोलीले ५३ औँ मिनेटमा गरेको गोलबाट अग्रता बनाउँदै थपिएको ८ मिनेट समयमा पनि त्यसलाई जोगाउन सफल भयो । त्यसपछि यस जीको खुसीमा मैदानमै उत्सवको माहोल बन्यो ।

वर्तमान अवस्थामा सान मारिनो फिफाको र्‍याङ्किङमा २१० औँ अर्थात् सबैभन्दा तल्लो स्थानमा छ । सान मारिनोको यो जितले उसलाई तालिकाको शीर्ष स्थानमा लगेको छ । सान मारिनोसँगै नेशन्स लिग समूहमा लिकटेन्स्टाइन र जिब्राल्टर समान अंकसहित रहेका छन् ।

इटलीले घेरिएको यो सानो गणराज्यले आफ्नो पहिलो क्वालीफायर सन् १९९० मा खेलेको थियो । त्यसयता यो टिमले कहिल्यै जित निकाल्न सकेको छैन । सान मारिनोलाई पछिल्लो पटक सन् २००४ मा लिकटेन्स्टाइनविरुद्ध नै १-० को जित मिलेको थियो ।

जुन खेल हिजो गोल गरेका सेन्सोली जन्मनुअघि नै भएको थियो । बिहीबारको जितअघि यो टिमले खेलेकामध्ये कुनै खेलमा जित निकालेको थिए भने ५ वटा बराबरी र १७१ मा हार भोगेको थियो । यिनमा १४० वटा औपचारिक प्रतिस्पर्धाका खेल थिए भने बाँकी मैत्रीपूर्ण खेल ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ७ : २२ बजे

सप्तकोशी कटानको दोहोरो त्रासमा चिलिया टापु, ६ सय परिवार उच्च जोखिममा

काठमाडौँ – सुनसरी र उदयपुरको सिमानामा पर्ने बराहक्षेत्र तथा बेलका

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना