सान मारिनो : जसले एउटा जितका लागि २० वर्ष र १४० खेल कुर्नु पर्‍यो « Khabarhub

सान मारिनो : जसले एउटा जितका लागि २० वर्ष र १४० खेल कुर्नु पर्‍यो


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वको सबैभन्दा लोकप्रिय खेल फुटबलमा कहिलेकाहीँ अनौठो नतिजा आउने गर्छन् । फुटबल कहिले धेरै अन्तरको हारजितले चर्चामा हुन्छ त कहिले बलियो टिमले ब्यहोर्ने आश्चर्यजनक हारले ।

तर यस पटक यो भन्दा फरक नतिजाले फुटबल जगतमा चर्चा पाएको छ । युरोपेली महाद्विपमा एउटा देश छ सान मारिनो । जसले गयराति भएको खेलमा लिकटेन्स्टाइनलाई १-० ले हराउने क्रममा सान मारिनोले आफ्नो लामो धैर्यको अन्त्य गरेको छ ।

सान मारिनोले नेशन्स लिगको चौथो चरणमा लिकटेन्स्टाइनलाई १-० ले हराउँदै २० वर्षको प्रयासपछि आफ्नो पहिलो प्रतिस्पर्धी जीत निकालेको छ ।

सान मारिनोलाई दुर्लभ जित दिलाउने क्रममा निको सेन्सोलीले सेराभेलमा खेलको एकमात्र गोल गरे । यी किशोर फुटबलरले रक्षा पंक्तिको त्रुटिको फाइदा उठाउँदै खेलको ५३ औँ मिनेटमा जाली चुमाए । गोल रक्षक बेन्जामिन बुचेललाई छलाउँदै उनले बललाई अघि बढाएका थिए ।

यसअघि लिकटेन्स्टाइनका लागि फ्याबियो लुके नोटारोको गोललाई पहिलो हाफमा अफसाइडका कारण रद्द गरियो । सेन्सोलीले स्कोर गर्नु ठीक अघि नजिकबाट भएको एक प्रहारलाई पनि रोकिएको थियो ।

पाहुना टोलीले ५३ औँ मिनेटमा गरेको गोलबाट अग्रता बनाउँदै थपिएको ८ मिनेट समयमा पनि त्यसलाई जोगाउन सफल भयो । त्यसपछि यस जीको खुसीमा मैदानमै उत्सवको माहोल बन्यो ।

वर्तमान अवस्थामा सान मारिनो फिफाको र्‍याङ्किङमा २१० औँ अर्थात् सबैभन्दा तल्लो स्थानमा छ । सान मारिनोको यो जितले उसलाई तालिकाको शीर्ष स्थानमा लगेको छ । सान मारिनोसँगै नेशन्स लिग समूहमा लिकटेन्स्टाइन र जिब्राल्टर समान अंकसहित रहेका छन् ।

इटलीले घेरिएको यो सानो गणराज्यले आफ्नो पहिलो क्वालीफायर सन् १९९० मा खेलेको थियो । त्यसयता यो टिमले कहिल्यै जित निकाल्न सकेको छैन । सान मारिनोलाई पछिल्लो पटक सन् २००४ मा लिकटेन्स्टाइनविरुद्ध नै १-० को जित मिलेको थियो ।

जुन खेल हिजो गोल गरेका सेन्सोली जन्मनुअघि नै भएको थियो । बिहीबारको जितअघि यो टिमले खेलेकामध्ये कुनै खेलमा जित निकालेको थिए भने ५ वटा बराबरी र १७१ मा हार भोगेको थियो । यिनमा १४० वटा औपचारिक प्रतिस्पर्धाका खेल थिए भने बाँकी मैत्रीपूर्ण खेल ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ७ : २२ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको