एपिएफले जित्यो ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि | Khabarhub Khabarhub

एपिएफले जित्यो ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबलको उपाधि


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा सम्पन्न लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब च्याम्पियन बनेको छ ।

लामाचौरको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको भलिबल कोर्टमा आज सम्पन्न फाइनल प्रतिस्पर्धामा चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमण्ड काठमाडौँलाई ३–१ सेटमा हराउँदै एफिएफले उपाधि जितेको हो । विजेता एपिएफले नगद रु एक लाख ५० हजार ट्रफी र मेडल प्रमाणपत्र पुरस्कार पायो ।

पहिलो र दोस्रो सेट आफ्नो पक्षमा पारेको एपिएफले तेस्रो सेट भने गुमाएको थियो । उसले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२३ सेटमा जितेको थियो । तेस्रो सेट डायमण्डले २५–१३ मा जिते पनि चौथो एपिएफले २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतियोगितामा उपविजेता बनेको न्यू डायमण्डले रु एक लाख एक सय ११ पुरस्कार पायो ।

प्रतियोगितामा बाग्लुङको गलकोट तृतीय भयो । उसले रु ५० हजार एक सय ११ पुरस्कार पायो । प्रतियोगितामा एपिएफकी जस्ना महतो बेस्ट सेटर, कविता भट्ट सर्भर, यमुना बराइली डिफेन्डर घोषित हुनुभयो । डायमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना बुढामगर स्पाइकर घोषित भए्। प्रतियोगितामा एपिएफकी पूजा चौधरी ‘मस्ट भ्यालुयबल प्लेयर’ बनिन् ।

यसैगरी पुरषतर्फको फाइनल खेल भने आज रोकिएको छ । दुई विभागीय टोली एपिएफ र नेपाल पुलिसबीचको खेल ‘लाइट प्रोटेस्ट’ का कारण स्थगित गरिएको आयोजक संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिए।

उपाधि प्रतिस्र्धामा दुवै टोलीले समान एकरएक सेट जितेका थिए । एपिएफले पहिलो सेट २५–२३ ले जित्दा पुलिसले दोस्र्रो सेट समान २५–२३ ले जितेको थियो । पुरुषतर्फको फाइनल खेल शनिबार विहान सञ्चालन हुने आयोजकले जनाएको छ ।
(((

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  १० : १९ बजे

आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले आईएफए २०२५ मा उत्कृष्ट सफलता हासिल गरेको छ । आईएफए

‘टोकियो सप्ताह’ को तयारी पुरा, पण्डित दिनबन्धु टोकियोमा

टोकियो– आगामी साता यहाँ हुन लागेको ‘टोकियो सप्ताह-२०२५’ को तयारी

पक्राउ परे सिंहदरबार र संसद् भवन आगजनीमा संलग्न एक युवक

काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा

रास्वपा केन्द्रीय कार्यालयका घर मालिकले छाडे पार्टी सदस्यता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको बनस्थली च:मतीस्थित केन्द्रीय कार्यालय रहेको घरका मालिक

बृहत् बाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दैछ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले