हाडनाता करणीबाट बलात्कृत गर्भवती बालिकाको हवाई उद्धार « Khabarhub

हाडनाता करणीबाट बलात्कृत गर्भवती बालिकाको हवाई उद्धार


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाजुराको बूढीनन्दा नगरपालिका स्थायी ठेगाना भएकी करिब १५ वर्षीया एक बालिकाको उद्धार गरिएको छ ।

मन्त्रालयको राष्ट्रपति महिला उत्थान समन्वय इकाइद्वारा यही असोज १७ गते ‘दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७’ बमोजिम नेपाली सेनासँग समन्वय गरी उद्धार गरिएको हो ।

जिल्ला अस्पताल बाजुरा, जिल्ला समन्वय समितिबाट सञ्चालित सेफ हाउसका एक जना कर्मचारीका साथ उनलाई प्रदेश अस्पताल, सुर्खेतमा उद्धार गरिएको मन्त्रालयले जनाएको छ । जिल्ला अस्पताल, बाजुराका चिकित्सक प्रकाशबहादुर बुढाका अनुसार बालिका हाडनाता करणीमा परी गर्भवती भएको र ३६ हप्ताको गर्भवती बेहोस भएको अवस्थामा उनको उद्धार गरिएको हो ।

सेफ हाउसका कर्मचारीका अनुसार निज किशोरी कक्षा ६ मा अध्ययनरत रहेको, आफन्त कोही पनि सम्पर्कमा नआएको र उनका आमा, बुबा भारतमा रहेको समेत जानकारी प्राप्त भएको छ ।

उद्धारको भोलिपल्टै पीडितले बच्चालाई जन्म दिएको र हाल आमा तथा बच्चा दुवैको अवस्था स्वस्थ रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका प्रभावकारी रूपमा सञ्चालनमा आएको छ ।

उक्त कार्यक्रम पूर्ण रूपमा १९ जिल्ला र आंशिक  रूपमा जम्मा २९ जिल्लाका (विकट स्थानीय तह) गरी जम्मा ४८ जिल्लामा लागु भैसकेको छ । यस कार्यक्रमअन्तर्गत नेपाली सेना तथा अन्य निजी हेलीकप्टरसँगको समन्वयमा हालसम्म जम्मा सात सय ५७ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ४ : ३० बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा