ब्रेकिङ स्टोरी

‘मेरो उद्देश्य पवित्र छ, छिटो-छरितो न्यायका लागि खट्छु’

By खबरहब

October 06, 2024

काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई गरिमामय र समृद्ध बनाउने प्रयन्त गर्ने बताएका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च पुगेर पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश राउतले अबको न्यायपालिका गरिमामय, समृद्ध र निष्ठापूर्ण हुने बताएका हुन् ।

उनले सबै न्यायाधीशहरू अहोरात्र खटेर न्यायलयलाई लयमा फर्काएको जिकिर पनि गरेका छन् ।

आफूले बार र बेन्चबीच ठूलो मतभेद रहेको नठानेको भन्दै उनले आगामी दिनमा यी दुई पक्षको सम्बन्धमा सुधार आउने विश्वास व्यक्त गरे ।

छिटो-छरितो गुणस्तरीय न्याय, सहज रुपमा न्यायमा पहुँच, न्यायिक सुशासन, जनआस्थामा अभिवृद्धि लगायतका लक्ष्यका साथ आफू अघि बढ्ने उनले बताए ।

त्यसैगरी प्रधानन्यायाधीश राउतले आफ्नो उद्धेश्य र लक्ष्य पवित्र भएकाले सबैको साथ र सहयोगको अपेक्षा पनि गरेका छन् ।