‘मेरो उद्देश्य पवित्र छ, छिटो-छरितो न्यायका लागि खट्छु’ « Khabarhub

‘मेरो उद्देश्य पवित्र छ, छिटो-छरितो न्यायका लागि खट्छु’


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई गरिमामय र समृद्ध बनाउने प्रयन्त गर्ने बताएका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च पुगेर पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश राउतले अबको न्यायपालिका गरिमामय, समृद्ध र निष्ठापूर्ण हुने बताएका हुन् ।

उनले सबै न्यायाधीशहरू अहोरात्र खटेर न्यायलयलाई लयमा फर्काएको जिकिर पनि गरेका छन् ।

आफूले बार र बेन्चबीच ठूलो मतभेद रहेको नठानेको भन्दै उनले आगामी दिनमा यी दुई पक्षको सम्बन्धमा सुधार आउने विश्वास व्यक्त गरे ।

छिटो-छरितो गुणस्तरीय न्याय, सहज रुपमा न्यायमा पहुँच, न्यायिक सुशासन, जनआस्थामा अभिवृद्धि लगायतका लक्ष्यका साथ आफू अघि बढ्ने उनले बताए ।

त्यसैगरी प्रधानन्यायाधीश राउतले आफ्नो उद्धेश्य र लक्ष्य पवित्र भएकाले सबैको साथ र सहयोगको अपेक्षा पनि गरेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ५ : २२ बजे

राहत र उद्धारमा छैन माथिदेखि तलैसम्म समन्वय, बालेनले संसद्‍मा सुनाए हुँदै नभएका कुरा

काठमाडौं– रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी

‘जलवायु परिवर्तनकै कारण भोटेकोशीमा निम्तियो विनाशकारी बाढी’

यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट

रसुवा बाढीपीडित प्रहरी परिवार र विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौं– नेपाल प्रहरीले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारलाई प्रहरी कर्मचारीबाट