रविको बचाउमा प्रचण्ड, भने- सहकारी ठगी प्रकरणमा निर्दोष छन् | Khabarhub Khabarhub

रविको बचाउमा प्रचण्ड, भने- सहकारी ठगी प्रकरणमा निर्दोष छन्


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र सभापति रवि लामिछाने निर्दोष नै रहेको बताएका छन् ।

आइतबार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सहकारी छानबिन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको बताएका छन् ।

लामिछाने जोडिएको गोर्खा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनले बताए ।

प्रचण्डले आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने नहुने जिकिर गरे । लामिछानेलाई ‘क्लिन चिट’ दिन अदालत नै तयार नभएको कुरा आफूले सुनेको उनले बताएका छन् ।

त्यस्तै, प्रचण्डले सहकारी छानबिन समिति गठनको विपक्षमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै अहिले प्रधानमन्त्री भएकाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्न कसैले नरोकेको धारणा राखे ।

आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेलाई गलत ढंगले ‘क्लिन चिट’ दिने काम नगरेको र प्रहरीबाट पाएको आधिकारिक जानकारीपछि सदनबाट लामिछाने निर्दोष रहेको धारणा राखेको उनले बताए । त्यस्तै प्रचण्डले अहिले जनताबीचमा जाने राम्रो आधार बनेकाले अब एक्लै चुनाव लडेर जित्ने दाबी गरे ।

उनले सरकारको तयारी राम्रो नभएकाले प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति भएको आरोप लगाए । आफूहरू बाढीपहिरोपीडितको समस्या बुझ्न जाँदा सरकार नै नभएको अनुभूति जनताले गरेको उनले बताए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ५ : ३० बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते