मोहन सर : सल्यानका शैक्षिक नायक « Khabarhub

मोहन सर : सल्यानका शैक्षिक नायक


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

सल्यानका एकजना उदहरणीय शिक्षक मोहनसिंह थापाबारे पुस्तक प्रकाशन भएको छ । ‘मोहन सर : व्यक्ति र कृति’ स्मृतिग्रन्थ शनिबार सल्यानमा कर्णाली प्रदेश मन्त्री सुरेश अधिकारी लगायतले विमोचन गरेका हुन् ।

विश्व शिक्षक दिवस तथा मोहनसिंह थापाको जन्मदिनको अवसर पारेर मोहन सरको दसौँ स्मृति दिवसपछि पुस्तक लोकार्पण गरिएको हो ।

पुस्तकमा ६१ वर्षको उमेरमै दिवंगत मोहन सरबारे ४५ जनाका स्मृति तथा मोहन सरका अप्रकाशित डायरी पनि संगृहित छन् ।

आजीवन शिक्षण कर्म गरेर पनि स्थायित्व नखोजेका मोहन सर घरमा बिहान सबेरैदेखि राति अबेरसम्म निःशुल्क पढाउँथे । ०२८ सालको एलएसलीमा जिल्ला प्रथम भएका निम्नवर्गीय परिवारका मोहन सर राजनीतिक पहुँच नपुग्नाले छात्रवृत्तिमा थप पढ्न पाएनन् । उनको कोटा राजनीतिक पहुँचदारले पाएका थिए ।

आफ्नो शैक्षिक योग्यताभन्दा माथि उनले सल्यान क्याम्पसमा स्नातक तहमा लामो समय पढाए । सर्टिफिकेट नभएको भन्दै सल्यानको पहिलो विद्यालय त्रिभुवन जन माविमा १८ वर्ष पढाए पनि उनी रित्तै हात बिदा भए ।

स्व. मोहनसिंह थापा

सल्यानमा २०४९ मा पहिलो पटक सल्यान क्याम्पस खुलेपछि उनले सर्टिफिकेटविनै गणित र अर्थशास्त्र पढाए । गाउँगाउँबाट सदरमुकाम पढ्न आउनेलाई उनी निःशुल्क डेराबास दिन्थे ।

आजीवन अविवाहित मोहन सरलाई सल्यानी जनता तथा हजारौँ शिष्यहरु हिरो मानेर श्रद्धाले शीर निहुराउँछन् ।

पुस्तकलाई मोहन सरका विद्यार्थी प्रवीण भण्डारी र विमल आचार्यले स्वयंसेवी रुपमा सम्पादन संयोजन गरेका हुन् ।

पुस्तकको प्रकाशन खर्च मोहन सरका भाइ भूपेन्द्र र बहिनी सोबिताले व्यहोरेका छन् । पुस्तक सबैलाई निःशुल्क वितरण गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ५ : ४६ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ