कोशीमा विपद्बाट ४ अर्ब ६३ करोड बराबरको क्षति « Khabarhub

कोशीमा विपद्बाट ४ अर्ब ६३ करोड बराबरको क्षति


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण कोशी प्रदेशमा करिब ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

कोशी प्रदेशमा बाढी पहिरोका कारण केही क्षेत्रमा यातायात सञ्चालन नहुने स्थिति भए पनि आवतजावतमा नै समस्या नभएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले जानकारी दिए ।

आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री राईले कोशी प्रदेशका १४ जिल्लामा भएको भौतिक संरचना मर्मत तथा निर्माणका लागि तत्काल करिब १ अरब २ करोड ५० लाख रुपैयाँ आवश्यक भएको बताए ।

मन्त्री राईले कोशी प्रदेशका केही योजनाहरू निर्माणमा ढिलाइ भइरहेकोले सार्वजनिक सुनुवाइ गरी ठेक्का रद्द गर्ने बारे निर्णय लिने  तयारी भइरहेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकास मन्त्री राईले भौतिक पूर्वाधार विकास मन्त्रालयमा देखिएको बेरुजु घटाउन निर्देशन दिइएको जानकारी दिए  ।

 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : २१ बजे

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर