खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा « Khabarhub

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ ।

बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अवस्थामा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

गत जेठ १५ गते बाह्रदशी–५ फूलाबारीका २२ वर्षीय राजेश हजाम बेपत्ता भएका थिए । उनी सम्पर्कविहीन भएपछि उनका बुबा भीम हजामले इलाका प्रहरी कार्यालय अनारमनीमा जेठ १८ गते निवेदन दिएका थिए । उनको खोजी गर्ने क्रममा कङ्काल भेटिएको हो ।

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा बाह्रदशी–७ का ३१ वर्षीय समीर राजवंशी, २१ वर्षीय आशिष थापा, २० वर्षीया मुना मेचे ९राजवंशी० र १६ वर्षीय नरेश राजवंशीलाई नियन्त्रणमा लिएको छ ।

बिरिङ खोला किनारमा भेटिएको शव राजेशकै भएको उनका परिवारले सनाखत गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : १८ बजे

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित