पाँच राज्यमा जित्दै ह्यारिसले ट्रम्पलाई निर्णायक अग्रताबाट रोकिन् | Khabarhub Khabarhub

पाँच राज्यमा जित्दै ह्यारिसले ट्रम्पलाई निर्णायक अग्रताबाट रोकिन्


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- कमला ह्यारिसले एकपछि अर्को तीन राज्यमा जित हासिल गरेकी छन् । उनले क्यालिफोर्निया, वासिङ्गटन, इडाहोसहित न्यू म्याक्सिको र ओरेगनमा पनि जित निकालेकी छन्।

यी पाँच राज्यमा जितका साथ कमला ह्यारिस अहिलेसम्म २०५ इलेक्टोरल कलेज भोट ल्याउन सफल भएकी छन् । उलाई अब १९ राज्यमा अग्रता मिलेको छ । उता डोनाल्ड ट्रम्प अहिले पनि २३० इलेक्टोरल कलेज भोटसहित २७० बहुमतको आँकडा नजिक पुगेका छन् । रिपब्लिकन पार्टी अहिलेसम्म २८ राज्यमा अगाडि छ ।

अहिलेसम्मको नतिजाअनुसार रिपब्लिकन र डेमोक्रेटिक पार्टीप्रति झुकाव राख्ने अधिकांश राज्यमा खास ठूलो परिवर्तन देखिएको छैन। उता स्विङ् स्टेट्स अर्थात् प्रत्यासी देखेर समर्थन फेर्ने राज्यको भिडन्त रोचक छ । अहिलेसम्मको रुझानमा यी राज्यमा ट्रम्पको पकड बलियो छ ।

अहिले पनि भोट गणना जारी छ । तर दुवै नेताबीच पछिल्लो समय कडा टक्कर चलेको देखिएको छ । यसैबीच डोनाल्ड ट्रम्पले सन् २०२० को जस्तै यस पटक पनि स्विङ स्टेट पेन्सिलभेनियामा पछि परेपछि धोका भएको आरोप लगाएका छन् । उनले यसबारेको कुनै प्रमाण दिएका छैनन् । उनले प्रवर्तन एजेन्सीलाई भने धम्की दिएका थिए ।

डोनाल्ड ट्रम्पले अहिलेसम्म २८ राज्यमा अग्रता मिलेको छ । जसमा भ्योमिङ, पश्चिमी भर्जिनिया, टेक्सास, टेनेसी, साउथ डकोटा, साउथ केरोलाइना, ओक्लाहोमा, ओहायो, नेब्रास्का, नर्थ डकोटा, मिसिसिप्पी, लुइसियाना, केन्टकी, इन्डियाना, फ्लोरिडा, आरक्यान्सस, एलाबामा, आईओवा, मिजूरु, युटाह, वेस्ट भर्जिनिया र मोन्टानासहित छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १० : ५९ बजे

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण