गण्डकी प्रदेशका १० सहकारीमा ४ अर्ब बचत हिनामिना | Khabarhub Khabarhub

गण्डकी प्रदेशका १० सहकारीमा ४ अर्ब बचत हिनामिना


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका १० वटा सहकारी संस्थामा करिब ४ अर्ब बचत हिनामिना भएको छ ।

गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार प्रदेशको नियमन क्षेत्रभित्र पर्ने १० वटा सहकारी संस्थाहरूमा ३ अर्ब ९२ करोड २७ लाख ५९ हजार १३३ रूपैयाँ बचत हिनामिना भएको छ ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका प्रमुख भेषराज रिजालले खबरहबलाई उपलब्ध गराएको विवरणअनुसार कास्कीको ३, पर्वतको ३, बागलुङको १, लमजुङको १, स्याङ्जाको १ र नवलपरासीको एक सहकारी संस्थामा बचतकर्ताको अर्बौं रकम हिनामिना भएको हो ।

प्रदेशमा बचतकर्ताको बचत हिनामिना गर्नेमा कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी संस्था सबैभन्दा अगाडि रहेको छ । सो संस्थाले बचतकर्ताको १ अर्ब ५४ करोड १५ लाख ८ हजार १४२ रूपैयाँ हिनामिना गरेको छ ।

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको नेतृत्वमा रहेको बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको १ अर्ब ३३ करोड ९२ लाख ५० हजार ३१४ रूपैयाँ हिनामिना गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै, पर्वतको हाम्रो बहुउद्देश्यीय सहकारीले २९ करोड ९८ लाख ५० हजार ८१०, कास्कीको मित्रमिलन बचत तथा ऋण सहकारीले २६ करोड ८६ लाख ६४ हजार, ६४६, र लमजुङको कालिका बचत तथा ऋण सहकारीलेउ ९ करोड ११ लाख १५ हजार ६५० रूपैयाँ बचत हिनामिना गरेका छन् ।

साथै, कास्कीको विन्दवासिनी बचत तथा ऋण सहकारीले ७ करोड ६९ लाख ५९ हजार ८६४, नवलपरासीको छिपछिपे उपभोक्ता सहकारीले १६ करोड ५८ लाख ९२ हजार २६१, स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारीले ३ लाख ६६ हजार र पर्वतको नागढुंगा बचत तथा ऋण सहकारीले ५ करोड ३८ लाख ३७ हजार १८० रूपैयाँ बचत हिनामिना गरेका छन् ।

अधिक लाभांश वितरण, सञ्चालक व्यवस्थापकले ठूलो मात्रामा कर्जा उपयोग गरी कर्जा नतिर्ने, अनुत्पादक क्षेत्रमा लगानी, गैह्र सदस्यसँग कारोबार लगायतका विषयले गर्दा ती सहकारीहरूमा समस्या देखिएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशमा प्रदेश सरकारको नियमन क्षेत्रभित्र पर्ने ९४३ वटा सहकारी संस्था रहेका छन्, जसमा प्रदेश सरकारको सम्पर्कमा अहिलेसम्म ५१५ वटा सहकारी मात्रै आएको समेत रजिष्ट्रार कार्यालयको विवरणमा उल्लेख छ ।

गण्डकी प्रदेश सरकारको नियमन क्षेत्रभित्र रहेका दर्जन सहकारीमा समस्या देखिए पनि प्रदेश रजिष्ट्रार कार्यालयले भने समस्या समाधानको लागि उल्लेखनीय कदम चाल्न सकेको छैन ।

गण्डकी सहकारी रजिष्ट्रार कार्यालयका प्रमुख भेषराज रिजालले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने विषयमा सहकारी विभागमा विवरण पठाएकोमा त्यसको कार्यान्वयन नभएको बताए ।

साथै उनले अहिले प्रदशको कानूनमा समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्ने विषयमा कानुनी समस्या रहेको भन्दै सो विषयमा पछिल्लो समयमा छलफल भइरहेको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ११ : २७ बजे

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री

धानको ब्याडमा खैरा रोग र गवाराको प्रकोप

चितवन – विभिन्न स्थानमा धानको ब्याड अनुगमन गर्दा आवश्यक खाद्य

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कर्णाली

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

कास्की – पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो