अमेरिकामा जितनजिक ट्रम्प, रिपब्लिकनले सिनेटमा ल्यायो बहुमत | Khabarhub Khabarhub

अमेरिकामा जितनजिक ट्रम्प, रिपब्लिकनले सिनेटमा ल्यायो बहुमत


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकामा जारी राष्ट्रपति चुनावको मतगणनामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प जितनजिक पुगेका छन् ।

सन् २०१६ मा पहिलो कार्यकाल राष्ट्रपति बनेका उनी सन् २०२० मा डेमोक्रेटिकका जो बाइडनसँग पराजित भएका थिए । तर उनले तेस्रो पटकको प्रतिस्पर्धामा राष्ट्रपतिको कुर्सीमा फर्किने करिब निश्चित गरेका छन् ।

राष्ट्रपतिमा ट्रम्प अघि चलिरहँदा रिपब्लिकन पार्टीका लागि अर्को खुसीको खबर आएको छ । संसदको उच्च सदन- सिनेटमा रिपब्लिकन पार्टीले बहुमत ल्याएको छ।

पार्टीले चार वर्षपछि सिनेटमा आफ्नो संख्या बहमुतभन्दा माथि पुर्‍याएको हो। यसका साथै अब सदनमा रिपब्लिकन पार्टीका ५१ र डेमोक्रेट पार्टीका ४९ सांसद भएका छन् ।

ओहायोबाट डेमोक्रेट पार्टीका सिनेटर शेरोड ब्राउन आफ्नो चौथो कार्यकालका लागि लडिरहेका थिए । तर यहाँ उनलाई लग्जरी कार डिलर तथा रिपब्लिकनका प्रत्याशी बर्नी मोरेनोले हराइदिएका हुन् ।

यसअघि सिनेटर जो मेन्शिन तेस्रोको रिटायरमेन्टपछि खाली भएको सिटमा वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले कब्जा जमाएका थिए । यसका साथै रिपब्लिकन पार्टीलाई सिनेटमा बहुमत लिएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : २३ बजे

३८ प्रतिशतले बढ्यो बैंकिङ क्षेत्रको नाफा, सबैभन्दा अब्बल नबिल

काठमाडौं – चालु आर्थिक वर्षको असोजभन्दा कात्तिकमा बैंकिङ क्षेत्रको नाफा

बच्चालाई पुग्ने गरी आमाको दूध आएन ? यस्ता खानेकुरा खानुहोस्

काठमाडौं– शिशुलाई स्वस्थ र तन्दुरुस्त बनाउने सबैभन्दा उत्तम आहार भनेको

प्रतिनिधिसभा टिमले राष्ट्रियसभालाई हान्यो १३ गोल

काठमाडौं – सङ्घीय संसद् को १८औँं स्थापना दिवसका अवसरमा मंगलबार

कप्तान रोहितको उत्कृष्ट लयले लुम्बिनीलाई राहत (तस्बिरहरू)

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडलले जारी नेपाल प्रिमियर लिग

श्रीलंका नौसेनाले पक्राउ गरेका २१ जना भारतीय मछुवा रिहा

एजेन्सी – श्रीलंका नौसेना द्वारा पक्राउ परेका २१ जना भारतीय