जंगली हात्ती गाउँ पसेपछि स्थानीय त्रसित, धान र केराखेती नष्ट | Khabarhub Khabarhub

जंगली हात्ती गाउँ पसेपछि स्थानीय त्रसित, धान र केराखेती नष्ट


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चन्द्रपर – जिल्लाका विभिन्न गाउँमा जङ्गली हात्ती पस्न थालेपछी स्थानीय त्रसित भएका छन् । जङ्गली हात्ती गाउँ छिरेपछि अहिले जिल्लाको गुजरा, वृन्दावन र चन्द्रपुर नगरपालिकाका स्थानीय त्रसित बनेका हुन् ।

हात्तीले भित्र्याउने बेलाको धान नष्ट गर्न थालेपछी किसान चिन्तित छन् । गत आइतबार मात्रै रौतहटको गुजरा नगरपालिका–२ को चोचा, मैरालगायत गाउँमा हात्तीले भित्र्याउने बेला भएको धानबाली नष्ट गरेको थियो । 

करिब पाँच बिघाभन्दा बढी खेतमा लगाइएको धानबाली हात्तीले नष्ट गरेको गुजरा–२ का वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिए । हात्तीले लक्ष्मी चौधरी, रामविश्वास चौधरी, जगदीश माझी, खहेरु साहलगायत स्थानीयको धान नष्ट गरेको उनले बताए। 

केहीदिनअघि मात्रै चन्द्रपुर नगरपालिका–२ वनटोलमा जङ्गली हात्ती पसेर धान तथा उखुबाली नष्ट गरेको थियो । बिहानै धानबारीमा हात्ती देखेपछि स्थानीय त्रसित भएका थिए । हात्तीले वनटोलको धान तथा उखुबाली पूर्ण रुपमा नष्ट गरेको स्थानीय बाबुराम घिसिङले जानकारी दिए।

चन्द्रपुर–३ गैँडाटारमा हात्तीले केराखेतीमा क्षति गरेको छ । गाछी टोलमा दर्जनौँ हात्ती केरा बारीमा प्रवेश गरी क्षति पुर्‍याएको स्थानीय गोपाल फुँयालले जानकारी दिए। सो गाउँको एक बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेती हात्तीले नष्ट गरेको उनले बताए। 

त्यसैगरी वृन्दावन नगरपालिका–१ बलेरी क्षेत्रमा पनि जङ्गली हात्तीको आतंकले स्थानीय त्रसित बनेका छन् । साँझ पर्ने बित्तिकै सधैँ गाउँ आउने जङ्गली हात्तीको समूहले किसानको धानबालीमा क्षति पुर्याउन थालेपछी स्थानीय चिन्तित बनेका हुन् । 

स्थानीय  सुरेन्द्र पटेलका अनुसार श्री भगवान् ठाकुर, ठाकुर राउतसहित दर्जनौँ किसानका खेतमा लगाइएको धान हात्तीले नष्ट गरेको छ । उक्त गाउँका बासिन्दा हात्तीका कारण रातभरि जाग्राम बस्न बाध्य छन् ।

गत साता मात्रै फतुवा विजयपुर–११ बुटुवा राँगीमा हात्तीको आक्रमणबाट पातलीमाया तामाङको ज्यान गएको थियो । गत शुक्रबार बिहानै फतुवा विजयपुर–११ राँगीमा बस्ने ७० वर्षीया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा तामाङको ज्यान गएको थियो । जङ्गली हात्तीले एक्कासि घरमाथि आक्रमण गर्दा मृतकका श्रीमान् भागेर ज्यान बचाउन सफल भएका थिए ।

धान पाक्ने बेला भएपछि पर्सा राष्ट्रिय निकुन्जबाट बर्सेनि हात्ती रौतहटको गैँडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जङ्गलसहिया गाउँ, वृन्दावनको बलरी, फतुवा विजयपुर नपाको राँगी बुटुवालगायत गाउँमा पस्ने गर्दछन् । हात्तीले खासगरी उखु, धान, केराखेतीमा क्षति पुर्‍याउँदै आएका छन् । गतवर्ष मात्रै  हात्तीको आक्रमणबाट चन्द्रपुरमा घाँसदाउँरा गर्न गएका दुईजना महिलाले ज्यान गुमाएका थिए । हात्ती आतङ्कले गर्दा यहाँका नागरिक घाँसदाउँरा गर्न जङ्गल जानसमेत छाडेका छन् ।

हात्तीले क्षति पुर्‍याएकाको परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने निर्णय गरेको छ । डिभिजन वन कार्यालयमा हात्तीले क्षति पुर्‍याएका पीडितपरिवारले राहतका लागि निवेदन दिएका छन् ।

हालसम्म करिब २० जनाले राहतका लागि निवेदन दिएको डिभिजन वन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए। हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्किाएका, बाली क्षति भएकाको यकिन विवरण संकलन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको उनले उल्लेख गरे ।

कानुन अनुसार पीडित परिवारलाई क्षतिपूर्ति दिइने भन्दै क्षतिको विवरण संकलन भइरहेको साहले जानकारी दिए। हात्तीको आक्रमणबाट बच्न जङ्गलको छेउछाउमा बस्ने स्थानीयलाई डिभिजन वन कार्यालयले सचेत गराउँदै आएको बताउँदै उनले सर्वसाधारण आफैँ पनि सचेत र चनाखो भएर बस्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ३ : ०७ बजे

राज्यसत्ताका तिनै अंग प्रदर्शनकारीको कब्जामा

काठमाडौं– राज्यसत्ताका तिनै अंग प्रदर्शनकारीको कब्जामा पुगेको छ । मंगलबार

देउवासँगै पत्नी आरजु रक्ताम्य हुने गरी कुटिइन्

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै उनकी पत्नी डा. आरजु राणा

रक्ताम्य हुने गरी कुटिए पूर्वप्रधानमन्त्री देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा.

प्रम निवास बालुवाटार छिरे प्रदर्शनकारी

काठमाडौँ – जेन-जी प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्र छिरेका छन्‌

कारागार प्रशासनले जोगाउन नसक्ने भनेपछि नख्खुबाट निक्लिए रवि

ललितपुर- सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय