सिङ्गारिँदै सिरहाका छठ घाट | Khabarhub Khabarhub

सिङ्गारिँदै सिरहाका छठ घाट


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– छठ पर्वको दोस्रो दिन आज यहाँका नदी, खोला, पोखरी तथा जलाशय किनारका छठ घाट सिँगारिने क्रम जारी छ । भक्तजनहरू छठको तेस्रो दिन बिहीबारका लागि घाट निर्माणको अन्तिम तयारीमा छन् । 

लहानस्थित खुट्टीखोलामा छठ घाट निर्माण गर्न नगरपालिकाले निःशुल्क जेसिबीको व्यवस्था गरेको छ । नगरपालिकाको जेसिबीको सहयोगमा आज बिहानैदेखि छठ घाट निर्माण सुरु गरेको स्थानीय अरविन्द साहले बताए। 

नगरकै सहयोगमा वर्षभरि नदी किनारमा थुप्रिएका फोहोर सफाइ गरिएको उनले जानकारी दिए।

दीपावली सकिएलगत्तै छठ पर्व सुरु भएपछि नगरका नदी, जलाशय तथा पोखरी किनारमा छठ पूजा लक्षित सरसफाइमा जुटेको नगरपालिकाका सरसफाइ संयोजकसमेत रहनुभएका नगरप्रमुख महेशप्रसाद चौधरीले बताए। 

उनले भने, ‘नगरको सरसफाइ युनिट यहाँका पोखरी, नदी तथा जलाशयको सरसफाइमा परिचालित गरिएको हो ।’

सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदी तथा सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदीसहित यहाँका स्थानीय पोखरी, गागन खोला, मैनावती खोला, सर्रे खोला, कमला सिँचाइ नहर तथा शाखा नहरलगायत जलाशय किनारमा बाँस गाडेर छठ घाट बनाउने काम सुरु भएको हो ।

जिल्ला सदरमुकाम सिरहासहित मुख्य बजार लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, कर्जन्हा तथा नेपाल भारत सिमाना नजिकका हुलाकी बजारहरूमा छठमा प्रयोग हुने केराको घरी तथा अन्य प्रसाद सामग्रीको किनमेल गर्ने भक्तजनको घुइँचो बढेको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ६ : ४२ बजे

‘ह्रस्व दीर्घ’का लेखक भन्छन्- फिल्म सोचेभन्दा उत्कृष्ट बनेको छ

काठमाडौं – चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक

मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे चोकमा आज भएको दुर्घटनामा

छठका लागि झकिझकाउ नदी र पोखरी

भक्तपुर – सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा भक्तपुरमा मनाइने

जलवायु वित्त कोषमा प्रभावित मुलुकको सहज पहुँच हुनुपर्नेमा जोड

काठमाडौं । सरकारका प्रतिनिधि, जनप्रतिनिधि, जलवायु क्षेत्रका विज्ञ, नागरिक समाजका

रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली

सुदूरपश्चिम – ‘उज्यालो धनगढी अभियान’ अन्तर्गत सडकमा रङ्गीविरङ्गी बत्ती जडान