ऊर्जामन्त्री खड्काले गरे जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण | Khabarhub Khabarhub

ऊर्जामन्त्री खड्काले गरे जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बारा – ऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्काले जमुनी सिँचाइ आयोजनाको बिहिबार स्थलगत निरीक्षण गरेका छन् । गढीमाई मन्दिरमा दर्शनका लागि बारा पुगेका  सिँचाइमन्त्री खड्का मन्दिर दर्शनपछि जमुनी सिँचाइ आयोजनाको निरीक्षण गरेका हुन्

निरीक्षणका क्रममा मन्त्री खड्काले पचरौता नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका तथा छिमेकी जिल्ला रौतहटको सिँचाइ समस्या समाधानका लागि आदर्श कोतवाल गाउँपालिका–८ ददरङ्गवास्थित सिँचाइ आयोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिँदै कामको थालनीका लागि आवश्यक सहयोग गर्ने बताए।

सिँचाइबाट बारा र रौतहटका नौ हजार पाँच सय हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य लिएको पर्साको वीरगञ्जस्थित नारायणी सिँचाइ कार्यालयले जनाएको छ । विसं २०७२ माघदेखि आयोजनाको काम सुरु भएको थियो । २२ करोड ४० लाख ५१ हजार एक सय ४५ लागतमा निर्माण सुरु भएको हो ।

जमुनी सिँचाइ आयोजनामा कुल लागत एक अर्ब छ । जसमा ७० करोड बराबरको काम सम्पन्न भइसकेको र ३० करोड काम बाँकी छ ।

अर्थ मन्त्रालयबाट रकमको स्रोत सहमति हुने बित्तिकै बोलपत्र प्रक्रिया हुनेछ र बाँकी कामलाई बोलपत्रमार्फत तुरुन्तै सुरु गर्ने मन्त्री खड्काले बताए।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ६ : १३ बजे

गण्डकी प्रदेशसभा बैठक बस्दै, दलका नेताहरूले सम्बाेधन गर्ने

पोखरा– गण्डकी प्रदेश सभाको बैठक आज शुक्रबार बस्ने भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको

प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार

महोत्तरी– मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं– सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र