वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन « Khabarhub

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ४९ अर्ब ९२ करोड राजस्व संकलन गरेको छ । कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड संकलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको हो । यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र  सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ।

कार्यालयले गत साउनमा रु १२ अर्ब १६ करोड, भदौमा १३ अर्ब २३ करोड, असोजमा १३ अर्ब ४७ करोड  कात्तिकमा ११ अर्ब चार करोड राजस्व संकलन गरेको थियो । गत आवको सोही अवधिमा ४९ अर्ब १८ करोड ३२ लाख ४३ संकलन भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : २८ बजे

बीपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

बनेपा– लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार