हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार « Khabarhub

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार गरेको संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले बताएका छन् ।

सीएनएनको ‘स्टेट अफ द युनियन’ र एनबीसीको ‘मिट द प्रेस’ कार्यक्रममा वाल्ट्जले इरानले हर्मुज जलघाँटी सात दिनका लागि खोल्ने प्रस्तावसँगै रोक्का गरिएका अर्बौं डलर बराबरका सम्पत्तिमा पहुँच र प्रतिबन्ध हटाउनुपर्ने माग राखेकाले अमेरिकाले प्रस्ताव अस्वीकार गरेको बताए।

उनले इरानको आणविक कार्यक्रमबारे वार्ता अघि बढाउनुअघि तेहरानले राखेका सर्त स्वीकार गर्न नसकिने बताउँदै अमेरिकाले अन्ततः इरानसँग कुनै न कुनै सम्झौता गर्नुपर्ने भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विकल्प खुला राखेको उल्लेख गरे।

वाल्ट्जका अनुसार इरानमाथिका प्रतिबन्ध अमेरिकाले मात्र लगाएका नभई अन्तर्राष्ट्रिय प्रकृतिका छन् । उनले इरानको आणविक कार्यक्रमका विषयमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले पछिल्ला २० वर्षमा सातवटा प्रस्ताव पारित गरेको र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले आणविक गतिविधिको निरीक्षणका लागि आवश्यक पहुँच नदिइएको विषय सुरक्षा परिषद्मा पठाएको बताए।

तर, इरानी विदेशमन्त्री सैय्यद अब्बास अराघचीले वाल्ट्जले इरानको प्रस्तावलाई सही रूपमा प्रस्तुत नगरेको दाबी गरेकान छन् । उनले प्रस्ताव अस्वीकार गरिएको जानकारी अमेरिकाले इरानलाई औपचारिक कूटनीतिक माध्यमबाट नदिएको बताए।

इरानले रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा गर्न तथा तेल बिक्री गर्न पाउनुपर्ने मागसहित हर्मुज जलघाँटी पुनःखोल्न आफू इच्छुक रहेको अराघचीले दोहोर्‍याए । उनका अनुसार यी विषय जुनमा भएको अस्थायी युद्धविरामसम्बन्धी समझदारीसँग सम्बन्धित भए पनि त्यसपछि भएका पारस्परिक आक्रमणका कारण समझदारी कार्यान्वयन हुन सकेको छैन ।

यसैबीच, राष्ट्रपति ट्रम्पले इरानसँगको द्वन्द्व चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्दै त्यसपछि विश्वव्यापी तेलको मूल्य घट्ने बताए । उनले इरानलाई आणविक हतियार विकास गर्न नदिनु अमेरिकी नीतिको मुख्य विषय रहेको दोहोर्‍याउँदै आगामी मध्यावधि निर्वाचनअघि थप सैन्य कारबाहीको सम्भावनालाई पनि अस्वीकार गरेनन्।

अराघचीले भने इरान कूटनीतिक समाधानका लागि तयार रहेको तर थप आक्रमणको सामना गर्न पनि आफ्नो देश तयार रहेको बताए । उनले अमेरिकी मध्यावधि निर्वाचनभन्दा इरानले आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता दिने उल्लेख गरे ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १२ : २९ बजे

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण