इलाम गोल्डकपको तयारी पूरा « Khabarhub

इलाम गोल्डकपको तयारी पूरा


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

इलाम – दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा भोलिदेखि यही मङ्सिर २९ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव प्रकाश घिमिरेले बताए

बाह्र हजार  दर्शक अटाउने प्यारापिट, मञ्चलगायतका सम्पूर्ण तयारी पूरा भएको तथा प्रतियोगिता भाग लिन डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र सङ्कटा क्लब इलाम आइसकेका छन् ।

प्रतियोगिता भिड्ने त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, दार्जिलिङको जिटिएका खेलाडी आउन बाँकी छ । स्पर्धामा आयोजक रेड हर्स क्ब पनि सहभागी हुनेछ ।

उक्त क्लबले गत वर्ष पहिलोपटक प्रतियोगिता आयोजना गरेको थियो । विजेताले उपाधिसहित नगद रु १० लाख  र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई रु २५ हजार नगद प्रदान गरिनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ९ : ५२ बजे

बीपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

बनेपा– लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार