माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमा जान तयार छ : माधव सापकोटा « Khabarhub

माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमा जान तयार छ : माधव सापकोटा


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा पार्टी स्पष्ट रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले अहिलेको निर्वाचन प्रणाली नै अस्थिरताको मुख्य जड रहेकाले निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरि प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

दलहरुबीच सहमति जुटे संसदबाट र सहमति जुट्न नसके जनतामाझ गएर राजनीतिक मुद्दा बनाई निर्वाचन प्रणाली सुधारमा जोड दिने उनले बताए ।

सापकोटाले माओवादीले आफ्नो स्पष्ट धारणा राख्दा पनि संविधान संशोधनमा सरकारको नेतृत्व गरेकाले कुनै चासो नदिएको जिकिर गरेका छन् ।

उनले प्राप्त भइरहेका अधिकार कटौती गर्न माओवादी सहमत नरहेको बताउँदै अग्रमनका लागि हुने संविधान संशोधनमा तयार रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ०७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा