न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु « Khabarhub

न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वेलिङ्गटन– न्युजिल्यान्डको सबैभन्दा अग्लो हिमाल माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ।

मृत्यु हुनेमा ५६ वर्षीय अमेरिकी कर्ट ब्लेयर र ५० वर्षीय कार्लोस रोमेरोसहित एक क्यानेडियन आरोही (परिवारको इच्छाअनुसार नाम गोप्य राखिएको) रहेका बताइएको छ ।

दक्षिण टापुको तीन हजार ७०० मिटर अग्लो माउन्ट कुकको आरोहणबाट फर्कन नसकेपछि तीनै जना पाँच दिनअघि बेपत्ता भएका थिए ।

स्थानीय प्रहरी निरीक्षक विकी वाकरले भने, ‘शुक्रबार उनीहरू हराएको पाँचौँ दिन पुगेको छ । उनीहरू बाँचेको हुनसक्ने कुनै आधार छैन।’

खतरनाक मौसमका कारण तीन दिनसम्म खोजी कार्य रोकिएको थियो, तर शुक्रबारको अवस्थाले अल्पाइन इलाकामा खोजीका लागि हेलिकप्टर र ड्रोन तैनाथ गर्न सहज भएको छ ।

खोजी टोलीले यसअघि उनीहरूको भनिएको एक थान ज्याकेट, हिँउमा बाटो बनाउन प्रयोग गरिने हतियार (हाते बन्चरो) लगायतका सामग्री भेटिएको जनाएको छ ।

शुक्रबारको ड्रोन फुटेजमा पनि पदचिह्नहरू पछ्याइएको र उनीहरू तीनै जनाले जुरब्रिगेन पहाडको  चुचुरो काटेको सङुकेतहरू पाइएका छन् ।

वाकरले भने, ‘पर्वतारोहीहरू कति दिनदेखि हराइरहेका छन्, उनीहरूसँग कुनै सञ्चार छैन, हामीले प्राप्त गरेका सामानहरू र आज हाम्रो टोलीको समीक्षापछि, ती व्यक्तिहरू बाँचेका हुनसक्ने कुनै आधार भेटिएन ।’

वाकरले तीनै आरोहीका परिवारसँग सम्पर्क गरिएको बताउँदै र नयाँ सूचना वा विश्वसनीय दृश्य देखिएमा प्रहरीले पुनः खोजी कार्य सुरु गर्ने बताए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  २ : १४ बजे

रोचक बन्दै गोल्डेन बुटको दौड : मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र भिनिसियस

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने

निर्माताका दु:ख- हाउसफुल देखाउन आफैँले टिकट किन्नुपर्ने !

काठमाडौँ- फिल्म हेर्न त दर्शकले टिकट काट्ने हो नि ।

म्याग्दी जिल्ला पूर्णखोपयुक्त घोषणा

म्याग्दी– म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना

विश्वकपमा सबैको ध्यान तान्ने युवा खेलाडी को हुन्?

मेसी, एम्बाप्पे र मोड्रिचको अन्तिम विश्वकप हुन सक्ने चर्चा भइरहेका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक आज