शतक बनाउन ५ रनले चुके रोहित, पोखरालाई १७१ रनको चुनौती « Khabarhub

शतक बनाउन ५ रनले चुके रोहित, पोखरालाई १७१ रनको चुनौती


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई १७१ रनको चुनौती दिएको छ ।

लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले विस्फोटक ब्याटिङसहित ९५ रन बनाए । उनी अन्तिम बलमा रनआउट हुँदा ५ रनले शतक बनाउन चुके ।

नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितले ५९ बलमा ९५ रन जोड्दा१० चौका र ४ छक्का पनि हाने ।

लुम्निबीका दुवै ओपनर आशुतोष घिरिया र उन्मुक्त चन्द शून्यमै आउट भएपछि क्रिजमा आएका रोहितले राष्ट्रिय टीमकै शैलीमा लय समाते ।

आशुतोषको विकेट गुमेपछि रोहित मैदान छिरेका थिए । दुवै ओपनर आउट भएपछि दबाबमा परेको लुम्बिनीको स्कोर रोहितले उकासेर १७० सम्म पुर्‍याएका हुन् ।

कीर्तिपुर मैदानमा टस जितेर लुम्बिनीले पहिला ब्याटिङ राजेको थियो । यस्तो अवस्थामा रोहितलाई टोम मुरेसले बलियो साथ दिए । उनले ३८ बलमा ४५ रनको गतिलो योगदान दिए ।

त्यसपछि सन्दीप जोराले १५ बलमा १८ रन बनाउँदै टोलीलाई उकास्न सहयोग गरे । उता पोखराका लागि विपिन खत्रीले २ र म्याट क्रिटिचेल्लीले १ विकेट लिन सके ।

एनपीएलको जारी प्रतियोगितामा यो दशौं अर्धशतक हो । यसअघि चितवनका रवि बोपाराले दुई अर्धशतक र ब्रान्डन म्याकमुलेन, लोकेश बम, शिखर धवन, रवि बोपारा, दीपेन्द्र सिंह ऐरी, अनिल साह, लाहिरु मिलान्था र मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका थिए ।

कीर्तिपुर मैदानमा टस जितेर लुम्बिनीले पहिला ब्याटिङ राजेको थियो ।

तस्बिरहरू : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  २ : ३६ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई