एन्ड्रिजको विस्फोटक ब्याटिङ, बनाए एनपीएलको पहिलो शतक « Khabarhub

एन्ड्रिजको विस्फोटक ब्याटिङ, बनाए एनपीएलको पहिलो शतक


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा एभेन्जर्सका ओपनर ब्याटर एन्ड्रिज गौसले जारी नेपाल प्रिमियर लिगकै पहिलो शतक हानेका छन् ।

लुम्बिनी लायन्सविरुद्ध विस्फोटक ब्याटिङ गरेका उनले ५४ बलमा शतक बनाएका हुन् ।

अमेरिकाका ब्याटरसमेत रहेका उनले यसअघि २० बलमा ५ चौका र ३ छक्का मदतमा अर्धशतक पूरा गरेका थिए ।

यससँगै जारी एनपीएलमा एन्ड्रिज सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन् । उनले २० बलमा ५२ रन बनाए । अब एनपीएलको पहिलो शतक पनि उनकै नाममा लेखिएको छ।

एन्ड्रिजको ब्याटिङका कारण लुम्बिनीका कप्तान रोहित पौडेलले बनाएको सर्वाधिक ९५ रन पनि ओझेलमा परेको छ ।

उता पोखराकै दिनेश खरेलले पनि एन्ड्रिजसँग गतिलो साझेदारी गर्दै ४६ बलमा ६१ बनाएका छन् । उनले ४ चौका र ४ छक्का पनि हाने।

यसअघि प्रतियोगितामा सूदरपश्चिका कप्तान दीपेन्द्रसिंह ऐरीले कम बल २३ बलमा अर्धशतक हानेका थिए । उनले २३ बलमा विराटनगर किङ्सविरुद्ध अर्धशतक पूरा गरेका थिए ।

जारी एनपीएलमा अर्धशतक हान्ने दिनेश ११ औँ खेलाडी बनेका छन् । यसअघि चितवनका रवि बोपाराले दुई अर्धशतक प्रहार गरिसकेका छन् । रोहित पौडेल ब्रान्डन म्याकमुलेन, लोकेश बम, शिखर धवन, रवि बोपारा, दीपेन्द्र सिंह ऐरी, अनिल साह, लाहिरु मिलान्था र मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ३ : ५६ बजे

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका